छोरा र छोरी बिच गरिने विभेदले महिलाको बृद्धी विकासमा असर


जुम्ला ःपुरुषको शक्तिका कारण हरेक महिलाको बृद्धी विकासमा असर परेको जुम्लाका महिलाले बताएका छन । सर्बोद नेपालको आयोजना र इटालियन फाउन्डेसनको आर्थिक सहयोगमा संञ्चालन भएको लैङ्गिक समानता सम्वन्धी कार्यक्रममा सहभागी महिलाले यस्तो बताएका हुन ।‘लैङ्गिक समानता तथा समावेशीकरण सम्बन्धी तालिममा पूरुस्वत्व, पितृसत्ता,ले महिलाहरुको दैनिकीमा परेको असरका बारेमा जुम्लाका झण्डै १सय महिलालाई प्रशिक्षण दिइएको थियो ।
पूरुस्वत्व, पितृसत्ताले महिलामा घरेलु हिंसा निम्त्याएको सर्बोद नेपालका बोर्ड सदस्य तथा महिला अधिकारका क्षेत्रमा अगुवा रेवती रावलले बताइन ।

उनले भनिन् बच्चा जन्मन बितिकै आमा बाबुबाटै पुरुस्वत्वको विकास हुने गरेको बताइन । उनले थपिन ,छोरा र छोरीलाई लगाउने लगाउने कपडा, शिक्षा ,खानपिनबाटै बाबुआमाले छोरा र छोरीमा गरिने व्यबहारबाट छ । रावलका अनुसार सम्पतीको हकअधिकारका कुरामा,बंशको दुधको कुराहोस या,समाजिक, राजनितिक,साँस्कृतक चालचलनका कुरामा पुरुषको भुमिकाले गर्दा पूरुषको भुमिका हुने भएकाले महिला कमरजोर बन्दै गएको बताइन ।

त्यस्तै सर्वोदय नेपालका कार्यकारी निर्देशक कमल खत्रीले प्रशिक्षण दिर्दै भने पुरुषको ठाउमा महिला ल्याउनको लागी महिलाई बढी स्थानमा दिएर भुमिकामा ल्याउन आबश्यक छ । यसका लागी महिला सक्षम हुन जरुरी छ । खत्रीले भने,“पुरुष र महिलालाई बराबर भुमिकाबनाई लैगिंक समानतागर्नु आजको अवश्यकता हो ।जसका लागि महिलाले आफैनी यस्ता कुराहरु बुभ्न जरुरीछ। जव सम्म महिला सक्षम भयर आफ्नो अधिकारको लागि लड्न सक्दैन तब सम्म ब्यत्तित्व बिकास हुन नसक्ने उनको भनाइ छ ।

आजको युगमा आइपुग्दा समेत महिलानिरिह कमजोर हुने, जुन सुकै जात, बर्ग,क्षेत्र र व्यबहारमा शक्तिभएको व्यक्तिले कमजोर व्यक्तिलाई दमन गर्दै आएको तातोपानी ३की लालकलि बुढाले बताइन । उनले भनिन् पुरुस्वत्वएवं शक्तिभएको व्यक्तिले  महिलालाई दमनमा परेकाले हिंसा भोग्न बाध्य रहेको बताइन ।

त्यस्तै तिला गाउपालिका की स्थानीय महिला लालकुरा सार्कीले हरेक क्षेत्रमा पुरुषकै हाबी बढी हुने गरेकाले अधिकारबाट महिल बाटबन्चित भएको बताइन ।उनले भनिन्,“महिलाको सामिाजक, आर्थिक,राजनितिक, धार्मिक र साँस्कृतिक क्षेत्रमापहुँच नभएको बताईन।

त्यस्तै पाताारासी गाउपलिकाकी स्थानीय देवीडोल्मा तामाङले छोराछोरी बिचको बिवेद अहिले पनी जुम्ला जिल्लामा बढ्दो छ । उनले भनिन् सबै भन्दा बढी वालविवाह पातारासीमा हुने भएकाले यहाका महिला हिंसिक रहेको बताइन । उनले थपिन यस बारे सर्वोदय नेपाल जुम्लाले यस्ता बिषयमा अन्र्तक्रिया पनी गरको छ । जुन बच्चा उमेरमा नै विवाह गरको पाईएको छ । तर यो काुनन विपरित हो । गाँउपािलकाले पनी यसलाई कानुन विपरित भनेकोछ । तर यस्ता घटनालाई दर्ता नगर्ने पनी गरेका छन । तर घर परिबारले यसको बेवास्ता गरेको पाइएको छ ।

त्यस्तै तिला गाउपालिकाका उपाध्यक्ष बिष्णु बुढाले कतिपय अवस्थामा केटाकी आमा तथा घरका परिबारहरु मिलेर घरको काम तथा खेतपातीमा सहयोग गर्नका लागि पनी विवाह गरेको पाइन्छ । तर पछिल्लो समयमा केटा र केटीको सानै उमेरमा आफुखुसि विवाह गर्ने गरेको बताइन ।सानो उमेरमा विवाह गरेका कारण परिबार भित्र तनाव, झगडा उत्पन्न हुने र यस्तो परिस्थितीमा युवती(बुहारी)को जिवन जोखिममा पर्ने गरेको छ ।

पछिल्लो समयमा धेरै जस्तो महिला श्रिमान,ससुरा,जेठाजु, देवर)सासु,र जेठानी, देवरानीबाट पीडित रहेको पाइएको छ।उत्पादन तथा श्रम,प्रजनन् यौनिकता गतिशिलता आर्थिक श्रोत साधन,सामजिक,साँस्कृतिक,राजनितिक संस्थाहरुमा पनि महिला सहभागीता न्युन रहेको छ ।

सर्वोदयले गरेको लैङ्गिक समानता तथा समावेशीकरण सम्बन्धी तालिममा तिला, तातोपानी र पातारासी गाउपालिकाका न्यायिक संमिति ,लैङ्गिक सहजकर्ता समाजिक अभियानता , पुरुष समुह , आमा समुह महिला संञ्चाल प्रहरी, महिला स्वयमसेविका लागायतको सहभागीता रहेको थियो । उनीहरुले सामुहिक रुपमा महिला तथा बालवालिकाको सहवालमा काम गर्ने प्रथिबद्धता गरेका छन ।

सम्बन्धित समाचार