अपराधिक गतिविधि रोक्न सक्रिय प्रहरी

जुम्ला ः जुम्लामा संकलन पुर्जी र छुट पुर्जी बिना लैजादै गरेको जटिबुटी प्रहरीले नियन्त्रणमा लिएको छ। जुम्ला पातारासी गाउँपालिका ३ उर्थुचौतारामा गढीगाउँदेखि सदरमुकाम खलंगातिर आउँदै गरेको जडिबुटी बोकेका २ ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो।
चेकजाँचका क्रममा संकलन पुर्जी भेटिएन। प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए । उनले भने,‘दुबै ट्याक्टरमा ल्याएको जडिबुटी नियन्त्रणमा लिएर डिभिजन बन कार्यालयमा बुझाइएको छ। ’

पातारासी गाउँपालिका ७ बस्ने टेकेन्द्र बुढा र अशल कठायतले ट्याक्टर चलाईरहेको अवस्थामा जडिबुटी नियन्त्रणमा लगिएको हो। संकलन पुर्जी तथा छुट पुर्जी बिना लैजाँदै गरेको ४० क्वीन्टल सेतक चिनी जडीबुटी प्रहरीले कब्जा गरेको हो। चालक सहित दुबै ट्याक्टर लाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय जुम्लामा बुझाईएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

त्यस्तै प्रहरीले ज्यान मार्ने उद्योगका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। तिला गाउँपालिका ४ सापुल्ली गाउँका टोपबहादुर शाहीका छोरा कलम शाहीलाई घरबाट पक्राउ गरेको हो। चालु आ.ब.२०७८÷०७९ मा ज्यानमार्ने उद्योग मुद्दामा आरोपित प्रतिवादी कलम शाही ज्यान मार्ने उद्योग मुद्दामा वारदात मिति देखी फरार रहेका थिए।

प्रतिबादी शाहीलाई पक्राउ गरेरजिल्ला अदालत जुम्लाबाट ५ दिनको म्याद थप अनुमति लिइ हिरासत कक्षामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सुचना अधिकारी युवन चौधरीले बताए । उनका अनुसार तिला गाउपालिका ४ सापुल्ली बस्ने १९ वर्षिय कमल शाहीलाई मंगलबार प्रकाउ गरेको हो । उनी बिरुद्ध २०७८।०७९ मा ज्यानमार्ने उद्योग मुद्दा दर्ता भएको थियो ।

सम्बन्धित समाचार