उनीहरुले एमालेका रामदयाल गुप्ता, भारती खनाल उपाध्याय र कृष्ण सुनारलाई पराजित गरेका हुन् ।

प्रदेश नं. १ :

गठबन्धनको क्लिनस्वीपमा ब्रेक : एमालेका ग्याल्जेन शेर्पा विजयी

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश नं. १मा नेकपा (एमाले)का सोनम ग्याल्जेन शेर्पा अल्पसंख्यक क्षेत्र बाट निर्वाचित भएका छन् । उनी राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश १ बाट ४७३४ मत भार सहित बिजयी भएका छन् ।

गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै शेर्पा निर्वाचित भएका हुन् । शेर्पाको विजयले गठबन्धनको क्लिनस्वीपमा ब्रेक लागेको छ ।

उनी अल्पसंख्यक क्षेत्रबाट उम्मेदवार बनेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी हेमराज राई पराजित बनेका छन् । जसपाका राईलाई गठबन्धनले अगाडि सारेको थियो

बराबर मत आएपछि गरिएको गोलाप्राथामा बस्नेत विजयी

प्रदेश १ को राष्ट्रिय सभा चुनावमा काँग्रेसका नेता गोपाल बस्नेत विजयी भएका छन् । एमालेका गुरु बराल र काँग्रेसका उम्मेदवार गोपाल बस्नेतको बराबर मत आएपछि गरिएको गोलाप्राथामा बस्नेत विजयी भएका हनु ।

बुधबार साँझ सम्पन्न मतगणनामा बराल र बस्नेतको मत बराबरी आएको हो। प्रदेश १ मा ३ सिटका लागि भएको मतदानमा एमाले र एकीकृत समाजवादीका उम्मेदवार विजयी भएकामा बराल र बस्नेतको भने बराबर मत आएपछि गोलाप्रथा गरिएको थियो ।

एमालेबाट सोनाम ग्याल्जेन शर्मा र नेकपा एकीकृत समाजवादीबाट जयन्ती राई विजयी भएका छन् ।

मधेश प्रदेश : अर्याल र सिद्दिकी 

मधेश प्रदेशबाट माओवादीबाट उर्मिला अर्याल र जसपाबाट खालिद सिद्दिकीले जित हासिल गरे ।

अर्याल ६१५६ मतभार ल्याएर विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी रूपा कुमारी यादवले २७५४ मतभार प्राप्त गरिन् । यादव लोसपाकी उम्मेदवार थिईन् । उनलाई एमालेले पनि सघाएको थियो ।

यसैगरि जसपाका खालिद सिद्दिकी ६६७८ मतभारका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उसमान अन्सारी २७६६ मतभार ल्याएर पराजित भए ।

कर्णाली:  गुरुङ,विष्ट र बोहरा विजयी

महिला क्लस्टरमा नेपाली कांगे्रसबाट दुर्गा गुरुङ (सुर्खेत), अपाङ्गता÷अल्पसङ्ख्यक क्लस्टरमा माओवादी केन्द्रका नरबहादुर विष्ट (सुर्खेत) र खसआर्य क्लस्टरमा एकीकृत समाजवादीका उदय बोहरा (सल्यान) विजयी हुनुभएको निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिनुभयो ।

गण्डकी :  पन्त,आलेमगर र सुनार 

गण्डकी प्रदेशको राष्ट्रियसभा निर्वाचनमा  बुधबार तीन सिटका लागि भएको निर्वाचनमा गठबन्धनबाट काँग्रेसकी कमला पन्त तथा माओवादीबाट सुरेश आलेमगर र भुवनबहादुर सुनार विजयी भए ।

पन्तले ३ हजार ८४ मतभार प्राप्त गरेक छिन् भने उनका प्रतिद्वन्द्वी एमालेकी लीला पोखरेल थनेतले २७२४ मतभार पाइन् ।

दलित कोटातर्फ माओवादीका सुनारले स्थानीय तहबाट ३ हजार ३० मतभार पाएका छन् भने  एमालेका अर्जुनकुमार सुनाम २७२४ मतभार पाए ।

अन्य कोटाबाट माओवादीका सुरेश आलेमगरले ३ हजार ९६ मतभार भएर विजयी हुँदा एमालेका पुण्यप्रसाद पौडेलले २ हजार ६ सय ९४ मतभार पाए ।

 बागमती प्रदेश :  पाैडेल र तिमिल्सिना 

धबार मतदान भएको अन्य समुहतर्फ नेपाली काँग्रेसका कृष्णप्रसाद पौडेल र महिला समुहतर्फ नेकपा (एकीकृत समाजवादी) का गोमादेवी तिमिल्सिना निर्वाचित हुनुभएको हो ।
राष्ट्रिय सभा सदस्य निर्वाचन २०७८ निर्वाचन अधिकृत एवं मकवानपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठले पौडेल र तिमिल्सिना विजयी भएको घोषणा गर्दै प्रमाणपत्र वितरण गर्नुभएको थियो ।