जुम्लामा एकिकृत हेल्प डेक्स स्थापना


जुम्ला ः जुम्लामा एकिकृत हेल्प डेक्स स्थापना गरिएको छ । नागरिकलाई कोरोनाको तेस्रो लहरबाट बचाउनका लागी हेल्प डेक्स स्थापना गरिएको हो । जिल्ला विपत व्यवस्थापन समितिको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय अगाडि हेल्प डेक्स स्थापना एकिकृत घुम्ति शिविर संञ्चालन गरिएको छ ।

उक्त शिविरबाट कोरोनाको खोप लगाउन नपाएका नागरिकलाई खोप लगाउने, कोरोनाको संका लागेका व्यक्तिलाई एन्टिजन परीक्षण गर्ने गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण सावकोटाले बताए । उनले भने मास्क बैंक स्थापना पनी गरिएको छ ।
नलगाएकालाई मास्क लगाउन अनुरोध गर्दै मास्क दिने गरिएको छ । चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल र जिल्ला जनस्वास्थ्य सेवा कार्यालयको सहभागितामा एकिकृत हेल्प डेक्स स्थापना गरिएको छ ।

यो हेल्प डेक्सबाट नागरिकलाई खोपसेवा सजिलो बनाउन तथा कोरोना फैलावाट रोक्न आरडिटिी परीक्षण समेत शुरु गरिएको प्रमुख जिल्ला अधिकारी बिजया प्रसाईले बताईन । उनले भनिन् एकिकृत हेल्प डेक्सको शुरुवात कार्यक्रममा बोल्दै प्रजिअ प्रसाईले स्वास्थ्य सेवा सम्वधित सवै सरोकारवाला निकायले मिलेर जनशक्ति, स्वास्थ्य सामग्री परिचालन गरेर सेवा प्रवाह शुरु भएको छ ।
त्यस्तै चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाका जनस्वाथ्य निरीक्षक क्षेत्रबहादुर महतले कोरोना बाट नागरिक बचान हेल्प डेक्सको शुरुवात गरिएको बताए । उनले कोरोनाको खोप लिन छुटेका नागरिकलाई हेल्प डेक्सबाट सेवा लिन रोध गरे । ्तेस्रो भेरियन्टको कोरोना संक्रमण बढेपछि कोरोना न्यूनिकरणका लागि अहिले जिल्ला भरी तेस्रो डोजको खोप शुरु भएको छ ।