जुम्लामा रोजगारीका लागि विदेशिने युवाको संख्या बढ्दो
जुम्ला ः आफ्नो देशमा रोजगारीका अवसर नहँदा विदेश पलायन हुने युवाको संख्या बढ्दो क्रममा रहेको छ । पछिल्लो समयमा जुम्लाबाट खाडी मुलुक जाने युवाको संख्या बढ्दै गएको हो ।गत आर्थिक बर्ष २०७७÷७८ मा जिल्ला प्रशासन कार्यालय जुम्लाबाट ३ सय ३६ जनाले राहदानी बनाएका छन् । त्यस्तै चालु आर्थिक बर्ष २०७८÷७९मा ४ सय १० जनाले राहदानी बनाएका छन ।
दुइवर्षको अवधिमा ७सय ४७जनाले राहदानी बनाएको तथ्याङ्क छ । यो संख्या जुम्लाको प्रशासनबाट मात्रै राहदानी लिनेकोहरुको हो राहदानी शाखामा कर्यारत नायव सुब्बा कनिदत्त न्यौपाने भने । यो भन्दा धेरै जसोले काठमाण्डौँबाट राहदानी बनाउने गरेका छन ।
न्यौपानले भने , यो दुइवर्षको अवधिमा ७६ जना महिलाले समेत राहदानी बनाएका छन । उनका अनुसार स्वदेशमा रोजगारीको सम्भावना नदेखेपछि विदेश जान तम्सिएका यूवाहरुले राहदानी लिएका हुन् ।
गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक बर्षमा ४ सय १० जनाले राहदानी बनाउन बनाएका छन् ।
देशमा रोजगारीको अवसर नपाएपछि बेरोजगार युवा विदेशिने क्रम तीव्र बढेको नागरिक समाजका अगुवा राजबहादुर महतले बताए । उनले भने,“विदेशमात्र नभइ जुम्लाका युवा ठुलो संख्यामा रोजागारीका लागि भारत मात्रै जाने गरेका छन ।यो क्रम वर्षेपच्छिे बढ्ने गरेको पाइएको छ ।
गाउँमा रोजागारीका अवसर नभएरपछि यूवाहरु विदेश जानका लागि राहदानी बनाउन आउने गरेको साहयक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजाल बताए । उनले भनिन,“रोजगारीकै लागी हजारौं युवाहरु विदेशिन बाध्य भएका छन । स्थानीय सरकारहरुले पनि यूवा रोजगारीमा त्यति चासो नदिएकाले विदेश जाने यूवाको संख्या बढ्दै गएको छ ।
विदेशबाट कमाएको पैसाले घरधन्दा धान्नका लागि यूवाहरु विदेशिने गरेका हुन् । उनले थपिन तर सिप नसिकेका कारण बिवेशमा पनी भने जस्तो पारिश्रमिक पाएका छैनन ।
देश संघिय संरचनामा गएर पनि स्थानीय सरकार आईसकेको अवस्थामा समेत रोजगारीको सिर्जना हुन सकेको छैन् । निर्वाचनको बेला घरघरमा रोजगारीको आश्वसन दिएका नेताहरुले समेत रोजगारी सिर्जनाको लागी खासै पहल गरेको देखिदैन् । यस अवस्थामा यहाँका स्थानीय तहहरुले युवा स्वरोजगारका कार्यक्रम ल्याउन आवश्यक देखिन्छ ।








