जुम्लामा कोभिड विरुद्धको पहिलो खोप लगाउने ५० हजार बढी पुगे

जुम्ला ः देशैभर २०७८माघ १४ गते देखी सूरु भएको कोरोना बिरुथद्धको खोप अभियान अहिले पनी जारी छ । जनस्वास्थ्य सेवा कार्यलय जुम्लाको तथ्याङक अनुसार ५०हजार नागरिकले मात्रै पहिलो डोजको खोप लागाएका छन ।कार्यालय प्रमुख कृष्णा सावकोटाले भने जुम्लाको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कोरोना बिरुद्धको खोप लागाउने कार्य नियमित चलिरहेको छ । उनले भने अहिले सम्म जुम्लाका ५०हजार ९सय ८५ जनाले पहिलो जोडको खोप लागाएका छन ।कोरोना बिरुद्धको पुर्ण खोप लागाउने नागरिक ३३ हजार ६ सय ४५ रहेका छन । उनले भने,“खोप लागाउने कार्य अहिले पनी जारी छ ।

१२ देखि १८ वर्ष मुनिका बालबालिकालाई लागाउने मोर्डना खोप संगै छुटेका नागरिकलाई कोरोना बिरुद्धको भेरोसिल खोप लागाउदै आएको बताए । प्रमुख सावकोटाका अनुसार जुम्लामा ९६ हजार ४ सय ८२ जोड कोरोना बिरुद्धको खोप आएको थियो । बाँकी ६ हजार १सय ५९ जोड रहेको छ । उनले मोर्डना खोप अभियान चलिरहेको अवस्थामा कोरोना बिरुद्धको खोप लागाउन छुटेकाहरुको लागी जिल्लामा कार्यरत स्वास्थ्यकर्मी, मार्फत खोप लगाइदै छ । कोरोनाको खोप सूरु भएको लामो समया भइसक्दा समेत जुम्लाका अधिंकास नागरिकले खोप लागएका छैन ।

सचेतानाको कमीका कारण कोरोना बिरुद्धको खोप धेरै नागरिकले नलागएको नागरिक समाजका अगुवा राजबहादुर महत बताउछन। उनी भन्छन नागरिकमा खोप लगाए सुरक्षित भइन्छन भन्ने चेतना छैन । उल्टै खोपलागाए बिरामी परिन्छ भन्ने डर छ । जसका कारण जुम्लाका प्रया नागरिक खोप लगाउन नआएका हुन ।