कनकासुन्दरीमा टयाक्टर दुर्घटना हुदा चालकको मृत्युु

कनकासुन्दरी गाउँपालिका वडा नम्बर ३ को फुटासिलिमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मुगु जिल्लाको खत्याड गाउँपालिका देखि गोठिज्युला बजार आउदै गरेको ना.७ त ५०८ नम्बरको ट्याक्टर सोमवार बेलुका ७ बजे दुर्घटना हुँदा घटना स्थलमै चालक धनराज टमटाको मृत्यु भएको छ ।

दुर्घटनामा परी ट्याक्टर चालक खत्याड गाउँपालिका ३ माथि खर्च निवासी २२ वर्षिय टमटाको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टरमा सवार दुई महिला भने सकुशल रहेका छन्।

चालककै आफ्नै लापरबाहीले ट्याक्टर दुर्घटना भएको प्रहरी निरिक्षक यौवन चौधरीले बताए । उनका अनुसार ओरालो बाटोमा एक हातले फोन गर्दै ट्याक्टर स्पिटमा चलाएको हुदा भित्तामा ठोकिएर दुर्घटना भएको हो । ट्याक्टर भित्तामा ठोकीएपछि चालक टमटाको च्यापीएर मृत्यु भएको हो ।