भण्डारी दम्पती जो दैनिक पाँच सय कप चिया बेच्छन


जुम्ला ः काँसीराम भण्डारी चन्दननाथ नगरपालिका २का ६७ वर्षिया जेष्ठ नागरिक हुन । उनले चिया पसलबबाट मनग्ये आम्दानी गरिरहेका छन । झण्डै २० वर्ष देखी चिया पसल संञ्चालन गर्दै आएका काँसीराम भण्डारीको दम्पतीको जोडीको चिया पसल लोकप्रिय बनेको छ । धेरै जसो घरपरिवार तथा छोरा छोरीको भरमा पर्ने जेष्ठनागरिकका लागी यो जोडी एक प्ररेणाको स्रोत बनेको छ । तर उनीअरुले चिया पसलबाटै छोरीलाई अनमी पढाउन सफल भएका छन । उनले छोरीको पढाइ संगै सक्षम जीवन निर्वाह गरिरहेका छन् ।

चन्दननाथ नगरपालिका वडा नम्बर २ निवासी ६७ बर्षिय काशिराम भण्डारी र उनकी ६५ बर्षिय पत्नी देवीकन्या भण्डारीले चिया बेचेर अब्बल जीवन निर्वाह गरिरहेका छन् । उनको पसलमा चिया खाने नागरिकको भिड लाग्ने गरेको छ । एक दिनमा ५सय भन्दा बढी गिलास चिया बिक्रि हुने गरेको काशिराम भण्डारीले बताए । भण्डारीको जोडी हिउदे समयमको माईन सचिसोमा होस या वर्खायामको चर्कोघाममा चिया खानेको भिड हुन्छ ।
उनले भने ,दुबै परिवार छोरोछोरीको कमाइमा निर्भर हुनुहुदैनन भन्दै चन्दननाथ मन्दिरको पछाडि मन्दिरको टहरा भाडामा लिएर बर्षौ देखी चिया पसल थापेर बसेको बताए । उनले बेचेर आफ्नो दैनिकी चलाउने र घरपरिवारको खर्च चलाउन सहज भएको छ ।
झिसमिसेमा ग्राहक आईहाल्छन
बिहानको समयमा झिसमिसे उज्यालो हुननदिदै ग्राहक आईहाल्छन । ग्राहकको माया र आफ्नो मिठो चिया खुवाउने जिम्मेवारीले लोक प्रिय बनेको बताउछन । उनका अनुसार दैनिक ६० लिटर बढी दुधको चिया पकाउने गरिएको गरेका छौ । जती दुध आउछै त्यसैको चिया बन्छ । कहिले त ग्राहकको माग अनुसार थिया पुगाउन सकिदैनन ।

उनको चिया पसल ब्यवसाय राम्रो संग संञ्चालन भएका कारण उनका आसपासमा झण्डै एक दर्जन चिया पसल संञ्चालन आएका छन । अरु चियापसल संञ्चलन भएपनि आफ्नो भण्डारी चियापसलको ग्राहक झन बढेका छन । भण्डारी भन्छन यस पसल बाट एक स्याउ बगैचा स्थापना गरेका छौ । स्याउबाट बर्षेनी रु एक देखी डेड लाख रुपैया बिक्री हुने गरेको छ । पछिको लागी भनेर दैनिक १सय ५० बचत गर्ने गरेका छौ ।

यस चियापसलले कान्छी छोरीलाई अनमी पढाईएको र अन्य छोरा छोरीलाई पनि सहयोग गरिरहेको देवीकन्या भण्डारीले बताईन । देवीकन्याले भनिन, आफ्नो पाखुरा हुदा सम्म आफ्ै काम गरेर खानु पर्छ आम्दानी आउने बाटो भए छोराछोरीले पनि सम्मान गरेको अनुभव हुन्छ ।

प्राय देवीकन्याले चिया पकाउने काम गर्नु हुन्छ भने काशिरामले भाडा धुने काम गर्नु हुन्छ । यसो गर्दा आफुलाई झन सजिलो हुने गरेको ज्येष्ठ नागरिक काशिरामले बतानउ छन ।जुम्ला सदरमुकाम चन्दननाथ मन्दिरमा धेरै चिया पसल छन् ।

तर भण्डारी चिया पशलमा मानिसहरुको बढिनै भिड हुने गर्दछ । विहान वेलुका वा दिउसोको समयमा पनि मानिसहरु यहाँ चिया खानेको भिड भईरहेको हुन्छ । धेरै जसो त नियमित ग्राहक हुन्छन् । चियाबाटै दैनिक पाँच सय देखी एक हजार आम्दानी हुने गरेको छ । हामी एका बिहानै देखी मेहतन गर्ने गरेकाले कोरोना महामारीको समयमा समेत विरामी नभएकोे बताए । ज्येष्ठ नागरिक देविकन्याले कोरोनामा व्यापार ठप्प भएपछि काम गर्न नपाएर छटपटिएको थियो अहिले केही सहज भएको छ ।

 

सम्बन्धित समाचार