जुम्ली महिलाको ब्यवसायिक बन्ने सपना पुरा
जुम्ला ः तिलागाउपालिका ५ ढिमकोटगाउँकी अप्सरा शाही ब्यवसायिक खेती गरी आत्मानिर्भर बन्ने सोचमा थिइन । उनलाई कसरी ब्यवसायिक खेती गर्ने भन्ने उपाय थिएन् । उनी छोरा छोरीको कापीकलम किन्न होस या घरको नुनतेलको लागी श्रीमानकै भर पर्ने गरेको बताउछिन । उनले भनिन, तिलागाउन्पालिकाले बेरोजगारलाई आत्मनिर्भर बनाउनका लागि नविल बैंकसंग दिगो उद्यमशीलता विकासका लागि ७ दिने सिप मुलक तालिम दिइएपछि ब्यवसायिक बन्ने सपना पुरा भएको छ । उनले भनिन, यो उद्योमशिलता तालिमले आत्मानिर्भर बन्नेबाटो देखाएको छ । ब्यवसायिक ओखर खेती गर्ने तयारी थालेको छु ।
त्यस्तै तिलागाउँपालिका १की राजुकला थापा (बुढा) पनी ब्यवसायिमा लागेकी छन । उनले तिलाकोगाउँपालिकाको रारासेरीबजारमा खाजापसल चलाउदै आएकी छन । उनी भन्छिन ब्यवसाय बिना हामी महिलाको जिवनस्तर बदलिदैन । उनले थपिन महिला चुलोचौकोमा सिमित भएका कारण हिंसित बनेका छौ । “हामीले ग¥र्र्यौ भने नसक्ने केही पनि रैनछ, गर्न सके स्वदेशमै राम्रो आम्दानी गर्न सकिन्छ, कोही पनि नेपाली विदेश जानु पर्दैन”,थापाले भनिन् । महिला उद्योमी बन्नु पर्छ तिलाकी राजुकला मात्रै होइन, अधिकंस महिला व्यवसाय गरेर आत्मनिर्भर बन्न थालेका छन ।
जुम्लाको तिलागाउन्पालिकाले बेरोजगारलाई आत्मनिर्भर बनाउनका लागि नविल बैंकसंग दिगो उद्यमशीलता विकासका लागि साझेदारी गरेपछि तिलाका महिला उद्योमी बन्न अग्रसर बनेका हुन ।
तिलाले पालिका भित्रका महिलालाई उद्यमशीलता र स्वरोजगार प्रवद्र्धन गरी उनीहरूलाई आत्मनिर्भर बनाउँदै समृद्धितर्फ अग्रसर गराउने उद्देश्यका साथ तिला गाउँपालिका, राष्ट्रिय युवा परिषद् र नबिल बैंकबीच त्रिपक्षीय समझदारी गरेको थियो । तिलाका इच्छुक महिलाको आर्थिक र समाजिक स्तरबृद्धीका लागी सात दिने उद्योगशिलता तालिम दिइएको हो ।
विपन्न समुदायका महिलालाई उद्यमशील बनाउनुका समग्र तिलाका महिलालाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ, भन्ने उद्देश्यका साथ काम गर्दै आएको तिलागाउपालिकाका अध्यक्ष रतन नाथ यौगीले बताए । उनले भने यस पालिकाले गरीब, दलित जस्ता ब्यक्तिको अधिकारका लागि पैरवी, महिला नेतृत्व विकासका साथै बालिका तथा महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्ने विषयलाई मुख्य रूपमा अगाडि बढाउँदै आएको छ ।









