आर्थिक क्रन्तिमा जुम्ली युवा


जुम्लाः तिलागाउँपालिका–७ पोख्रीगाउँका हरि रोकाया न्युनआए भएका ब्यक्ति हुन । उनले होटल ब्यवसायबाट मनग्ये आम्दानी गरिरहेका छन । समान्य परिवारमा जन्मेका रोकायाले १२ कक्षा सम्म मात्रै शिक्षा हाँसिल गरेका छन । सरकारी जागृर खाने धोको बोकेका रोकायाले १२ कक्षा पास गरेर आर्थिक अभावमा बिद्यालय छोड्नु परेको बताउछन । उनले भने अहिले होटर ब्यवसाय संञ्चालन गरेर जीवनस्तर बदलेको छु ।

सात वर्ष अघिदेखी अघिसम्म बाबुआमाको कमाइमा निर्भर उनी अहिले आफूले कमाएर घर खर्च चलाउदै आएको बताउछन । ‘पहिले अरुको भरमा मात्रै सीमित थिए । अहिले होटल ब्यवसायले आयआर्जनका क्रियाकलाप ढाएको छ । घरखर्च धानेर मासिक ४० हजार बचेतहुने गरेको छ । उनले भने परिवारको समृद्धिका लागि व्यावसायिक रुपमा अघि बढेका छु । रोकाया रोजगारीका लागी बिदेशिने युवाका लागी गतिलो उदारण बनेका छन । उनी भन्छन मेहनत गरे गाउँघरमै आम्दानी गर्न सकिन्छ ।

सोही गाउँपालिकाका ४का मानबहादुर सुनार पनी न्युन आए भएका ब्यक्ति हुन । उनको पनी पढेर ठुलो मान्छे बन्ने सपना थियो । उनी कक्षा ८ सम्म मात्रै पढ्न पाए । परिवारको आर्थिक अबस्था न्युन भएका कारण उनी स्कुल छोडेर कालापाहाड कमाउन जानु परेको बताउछन । उनले गाउमा सानो ब्यवुसाय सूरु गरेका छन । उनी भन्छन दैनिकी चलाउनका लागी भारतमा गएर दुख गर्नु भन्दा आर्थिक जुटाउन सके गाउमै ठुलो ब्यवसाय संञ्चालन गरी रोजगारी बन्ने सोच राखेको छु । उनी मात्रै होइनन तिलाका धेरै युवा सिपसिकेर गाउघरमै उद्योमी बन्ने सोचमा छन ।

पछिल्लो समयमा तिलागाउपालिकाले पनी बेरोजगारी युवालाई रोजगारी दिने अभियान थालेको छ । बेरोजगारका कारण निराश, उदास र दिशाहीन बनेका युवा शक्तिलाई रोजगारी दिनकै लागी सहुलियत कर्जा सजिकरणका लागी उद्योमशिलता तथा वितृयसाक्षरता तालिम समेत दिइएका छ । तिलागाउपालिकाले युवा संग अध्यक्ष रोजगार कार्यक्रमार्फत पालिकाको आर्थिक विकासलाई माथि उठाउनका लागी यस्तो कार्यक्रम संञ्चालन गरेको हो ।
उत्त पालिकाले आफ्नो पालिकामा दक्ष उद्योमी उत्पादन गरी कर्णाली प्रदेशकै समृद्धीका लागी परिचालन हुने तिलागाउपालिकाका अध्यक्ष रतन थान यौगीले बताए । उनले भने युवालाइ उद्योमशिलता संग जोडेर ,रोजगार बनाउने पालिकाको पहिलो लक्ष्य हो ।

युवाजनशक्तिलाई पालिका भित्रै रोजगारीका अवसर सिर्जना गर्नका लागी राष्ट्रिय युवा परिष्द , तिलागाउपालिका र नविनबैंकको साझेदारीमा उद्योमशिलता तालिम दिइएको हो । उनले भने, “स्थानीय सरकारले युवालाई केन्द्रित रोजगारीका कार्यक्रम ल्याउने तिलागाउपालिका पहिलो गाउपालिका हो । अध्यक्ष यौगीले तिलाले युवाका लागी संञ्चालन गरेको उद्योमशिल कार्यक्रम सबै नेपाली युवाले गौरव महसुस गर्ने गरी नतिजामुखी हुने छ ।