बिपन्न नागरिकको आयआर्जनको क्षेत्रमा काम गर्दै आएको पेस नेपालको दाबी


जुम्ला ः पेसनेपालले जुम्ला जिल्लाका ग्रमिण क्षेत्रमा रहेका न्युनआए भएका नागरिकको क्षेत्रमा काम गर्दै आएको बताएको छ । पेश नेपाल जुम्लाले १५ औँ बार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाइ कार्यक्रममा यस्तो बताएको हो । पेस नेपाले बिभिन्न परियोजना मार्फत जुम्ला जिल्लामा बर्ष भरी गर्दै आएको काम र आगामी दिने गर्ने कामको बारेमा सरोकारवाला निकाय मार्फत जानकारी गराएको छ । २०६३ देखी जुम्ला जिल्लामा दार्ता भएर सरकारको सहयोगी निकायाएको बारेमा काम गर्दै आएको यस सस्थाले बार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ ।

\अधिकृत हेमराज भट्टले यस संस्थाले जुम्लाले सबै परियोजानको एकिकृत आम्दानी खर्च समेत प्रस्तुत गरेका थिए । उनका अनुसार बिभिन्न कार्यक्रम तर्फ ६ करोड ६२ लाख ५३ हजार ९ सय ६५ रुपैयाँ ४ पैशा खर्च भएको छ ।
यस्तै जनशक्तिको पारिश्रमिक तर्फ १ करोड ८६ लाख ३६ हजार ३ सय ५९ रुपैयाँ ८१ पैशा खर्च भएको छ । अपिसियल खर्च र दैनिक भत्ता समेत गरेर ८ करोड ३५ लाख ४ हजार ६ सय ६७ रुपैयाँ २४ पैशा खर्च भएको हो ।

त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाईले जुम्लामा संञ्चालित संस्थाहरुले नतिजा मुखी काम गर्न अनुरोध गरिन । उनले आगामी दिनमा पनि नागरिकको दैनिकीमा योगदान पुर्याउने खालका कार्याक्रम गर्न आश्यक रहेको बताइन ।
पेस नेपालका अध्यक्ष किशोर न्यौपानेले पेश नेपाल जुम्लाले अ जनताको आबश्यकता मुखी हुने बताए । उनले भने नागरिकलाइ दिगोहुने खालका कार्यक्रम गर्ने लक्ष्य रहेको बताए । यस्तै शुभकामाना मन्तब्य राख्दै तिला गाउँपालिका जुम्लाका उपाध्यक्ष बिष्णु बुढाले पेश नेपाल जुम्लालाई नागरिकलाई आर्यआर्जन हुने खालका कार्यक्रम संञ्चालन गर्न अनुरोध गरिन । उनले जुम्लाका गरिब र असायको क्षेत्रमा काम गर्दै आईरहेकोमा आभार ब्यक्त गरिन । उनले थपिन यस संस्थाले यूवाहरुलाई आफ्नै देशमा रोजगारी सृजना गर्ने खालका कार्यक्रम ल्याउन पने बताइन ।