तिजः महिला सशक्तीकरणको अवसर हो ःउपाध्यक्ष बुढा
जुम्ला ः तिजलाई खर्चिलो र भड्किलो नबनाई शक्ति र संघर्षको आधार बनाउँदै सामाजिक सद्भावको पर्व बनाई समृद्धिसँग पनि गाँस्न सक्नुपर्छ ,यो भनाई तिला गाउपालिकाका उपाध्यक्ष बिष्णुमाया बुढाको हो ।उनले नेपाली महिलाको महान् चाड हरितालिका तिज हाम्रो धर्म, संस्कृति, परम्परा, स्वास्थ्य, सामाजिक मूल्य–मान्यता एवं महिलाको अधिकारसँग पनि गाँसिएको बताइन । उनले भनिन ,त्यसैले नेपाली महिलाले परापूर्वकालदेखि नै मनाउँदै आएको तिजले आधुनिकतामा प्रवेश गर्दा अन्य समुदायमा पनि यसको प्रभाव पर्न गएको छ । उनले देश विदेशमा पनि विभिन्न ठाउँमा छरिएर रहेका नेपाली दिदी–बहिनीले यो चाड मनाउँदै आएको पाइन्छ ।
सरकारले पनी महिलाई बिषेश प्रथामितामा रखेर बिदा दिइएको छ । यसरी प्रत्येक वर्ष भाद्र शुक्ल द्वितीयामा मनाइने तिज पर्व हिन्दू नारीले शिवपार्वतीको कथाबाट प्रभावित भएर मनाउन थालेको देखिन्छ । प्रेम, सद्भाव, आत्मीयता, पूजाआजा, नाचगान एवं मिठो–मसिनो खाएर मनाइने तिज नेपालीको मौलिक पर्वको रुपमा रहेको मानिन्छ ।यसलाई सजिलो तरिकाले भन्ने हो भने,नेपालीले यसलाई विशेषगरी महिलाको चाडका रूपमा लिने गर्छन् ।
तिज ःफेसनका रुपमा स्थापित
यसको तिज दिदिबैनी एक ठाउमा जम्म हुने आफ्ना सुख.दुखका गित गाउनले नाच्ने आफ्नो गाउघरमा पाइने मिठोमसिनो खाने चलन थियो । समयको गति एवं समाजको रूपान्तरण सँगै तिजलाई गहना प्रदशर्न गर्ने, महिलाले नै मदिर सेवन गर्ने , खर्चिलो भड्किलो गर्ने जस्ता विकृतिको रुपमा रहेको पाइन्छ । यसलाई सादा, सौम्य, सौहार्दपूर्ण बनाउँदै महिला सशक्तीकरणको अवसरका रूपमा उपयोग गनजस्ु बुद्धिमत्तापूर्ण हुन्छ । यसले गर्दा तिजको गरिमा बढ्छ र यसमाथि हुने आलोचनाबाट पनि बच्न सकिन्छ ।
व्यथा, भोगाइ र उनीहरूका पीडा झन्काइन्थियो
चन्दननाथ नगरपालिका १० की लक्ष्मी शाही भन्छिन पहिले–पहिले तिजमा महिलाको व्यथा, भोगाइ र उनीहरूका पीडा झल्किने गीत गाउने गर्थिउँ । सबै छोरी माइतीको माया, साथीभाइ, देशको माटो, बालापन, सासू–बुहारीको सम्बन्ध जस्ता यावत् विषयलाई गीतमार्फत पस्किने गरिन्थ्यो । उनले भनिन ,पछिल्लो समयको तिज देखासिकी तर्फ गएको छ । दरखाने नाममा बिकृती फैएिको भन्ने सुनिन्छ अहिलेको तिज ,। उनी भन्छीन म ४३ वर्षकी भए हाम्रो पालामा दरखाने भनेको घरमै पालेको भैसीको दुध ,दहि , खिर , अचार परी, सेल रोटी जस्ता प्रकार बनायर खाइन्थियो ।
तिज प्रर्व महिलामाथिको लैंगिक विभेद, दुव्र्यवहार, सदियौँदेखि भोग्दै आइरहेका अपमानजनक पीडाका व्यथा एवं वेदनालाई समाप्त पार्ने दिन हो तिज प्रर्व ,“ अबका महिलाले सशक्तीकरणको अवसरका रूपमा ग्रहण गरेरसामाजिक रूपान्तरणको पाटोको रूपमा यसलाई विकास गरिनुपर्छ ।
यसलाई खर्चिलो तथा भड्किलो नबनाई शक्ति र संघर्षको आधार बनाउँदै सामाजिक सद्भाव, एकता, मित्रता र प्रेममा परिणत गरी घरपरिवारको सुस्वास्थ्य र दीर्घायुका साथै राष्ट्रको समुन्नत विकास एवं समृद्धिसँग पनि गाँस्न सक्नुपर्छ जस्तो लाग्छ तिज प्रर्व हाम्रो
तिज प्रर्व संस्कृतिमा आधारीत हुनु पर्छ
संस्कृति विश्वकै प्राचीन एवं समृद्ध संस्कृति हो । यो वैदिक सनातन धर्ममा आधारित छ । संस्कृति धर्मकै उपज भएकाले हाम्रो संस्कृति मानवीय मूल्य–मान्यताले भरिपूर्ण छ । हामीले मनाउँदै आएका चाडपर्वले केही न केही सन्देश दिइरहेका हुन्छन । यिनले दिएको सन्देश र यसभित्र लुकेको मर्मलाई चाडपर्वका रूपमा मनाई सिंगो समाजलाई सन्देश दिँदै समाजलाई रूपान्तरण गर्नुपर्छ । जसले गर्दा हाम्रो संस्कृति संरक्षण हुन्छ, एवं समाजमा रहेका हरेक वर्गले यसको अनुसरण गरेर अगाडि बढ्न प्रेरणा पनि पाउँछन ।
कुनै पनि चाडपर्व मनाउनुका पछाडि प्रायः तीन कारण रहने गर्छन, सामाजिक, आर्थिक र धार्मिक । अरु हामीले मनाउने सबै चाडपर्व प्रायः महिला र पुरुष दुवैले समान रूपले मनाउने चलन छ, तर तिज भने महिला दिदी–बहिनीले मात्र मनाउने पर्व हो ।
भावनात्मक हिसाबले हेर्ने हो भने तिज प्रेम र समर्पणको पर्व हो । यसले निःस्वार्थ र त्यागमय प्रेमको सन्देश बोकेको हुन्छ किनभने सुखमय दाम्पत्य जीवन र आफ्ना सन्तानको सुखका लागि पनि पानीसम्म नखाई लिइने यो व्रतले महिला प्रेम र ममताका लागि कति संवेदनशील र त्यागमय हुन्छन् भन्ने देखाउँछ ।
धार्मिक दृष्टिकोणले हेर्ने हो भने हरितालिका तिजको कथा भगवती पार्वतीसँग पनि जोडिएको छ । पार्वतीको विवाह उनका पिता हिमालय पर्वतले वैकुण्ठाधिपति भगवान् विष्णुसँग गरिदिन लागेका थिए । तर, पार्वती भने घर न थर भएर विष, भाङ धतुरो खाने दिगम्बर भोलेनाथसँग प्रेम गर्थिन् र उनैसँग विवाह गर्न चाहन्थिन । उनले महादेव पति पाउनकै लागि आफ्ना साथीहरूको सहयोगमा घरबाट भागेर निर्जन ठाउँमा गई पानी पनि नखाई व्रत बसिन भन्ने ग्रहनथमा सुनिन्छ ।
त्यसैले यो पर्व साथीहरूसँग मिलेर आफ्ना पतिको सुस्वास्थ्य दीर्घायुको कामना गरी मनाइन्छ । यही अडानमा हठ भएकै कारण पार्वतीको जित भयो भने शिवजीसँग उनको विधिपूर्वक विवाह भयो भन्ने छ। हामीले अहिले पनि जीवन्त राख्दै हरेक परिवारमा श्रीमान् र श्रीमतीको सम्बन्ध, साथी, संगिनी र छिमेकीको सम्बन्धलाई प्रगाढ बनाउनुपर्छ । आजको युगको चाहनाअनुरूप हामीले यसलाई महिला अधिकारसँग गाँस्दै समाजमा विद्यमान विकृति, विसंगति, रुढिवादी परम्परा, पछौटेपन र अज्ञानतालाई हटाएर समाजमा जकडिएर बसेको बोक्सी प्रथा, छाउपडी प्रथा, हत्याहिंसा, बलात्कार, बालविवाह बहुविवाह र चेलीबेटी बेचबिखनविरुद्धको सचेतना एवं जागरण अभियानसाथ अबको हरितालिका तिज मनाउन आवश्यक छ । त्यस्तै गणतन्त्र नेपालको स्थापनापछि नेपालको संविधानले महिला अधिकारलाई मौलिक हकका रूपमा राखेको छ भने संविधानको धारा ३८ ले राज्यको हरेक निकायमा महिलाको समानुपातिक समावेशी प्रतिनिधित्वको व्यवस्था सुनिश्चित गरेको छ, जुन अझै कार्यान्वयन हुन सकेको छैन । त्यसैले आजको तिजले महिला वर्गको हरेक नीति–निर्माण तहमा अर्थपूर्ण समानुपातिक सहभागिताको सवाललाई सन्देशको रूपमा ग्रहण गरी महिलालाई आफ्ना अधिकारका लागि सक्रिय रहन अपिल गर्न सक्नुपर्ने महिला अधिकारकर्मीहरुको भनाइ छ ।









