समुद्री किनारको झल्को दिने गरी फेवातालमा छाल

पेखरा । समुद्री किनारको झल्को दिने गरी आइतबार फेवातालमा डरलाग्दो छाल आएको छ ।
चर्को हावाहुरीले ल्याएको छालमा ५० बढी यात्रुरहित डुंगा डुबेका छन् । ताल किनारमा पार्किङ गरी राखिएका डुंगा डुबेका हुन् । तालबाराही दर्शन गर्न पुगेका पर्यटक हावाहुरीले एक घण्टासम्म मन्दिरमै रोकिए ।
बाराहीघाटमा रहेको रेस्क्यु टावरमा रहेका सशस्त्र प्रहरी र डुंगा चालकले उनीहरुको उद्धार गरे ।
हावाहुरी कम भएपछि डुंगा चालक आफ्ना डुबेका डुंगा निकाल्न खटिए ।
डुंगा चालक सुन्दर विकले यति धेरै डुंगा डुब्नेगरी पहिलोपल्ट छाल आएको बताए ।