जुम्लामा विद्यालय खोल्ने बिषयमा प्रशासन लचिलो
जुम्ला ः जिुम्लामा बिद्यालय खुलाउने बिषयमा प्रशासन लचिलो बनेको छ । सरकारको स्मार्ट लकडाउनको कार्यविधि २० ७८ अनुसार जिल्ला भरीका विद्यालय संचालन गर्नका लागी प्रशासन लचिलो बनेको हो । जुम्लाका आठ वर्ट स्थानियतहका कोरोनाको अवस्था पहिचान गरी गरिने निर्णय समेत भएको छ । स्थानीय तहमा रेण्डम सेम्पलिङको आधारमा कोरोना परीक्षण गरि एक साता भित्र प्रतिवेदन ल्याउने र सोही अनुसार जिल्ला कोभिड व्यवस्थापन समितिले विद्यालय खोल्ने नखोल्ने बिषयमा निर्णय गर्ने भएको हो ।
निषेधाज्ञा १५ दिन थपिएको छ । पछिल्लो समय वेलुकी ४ बजे पछि निषेधाज्ञा गरिदै आउने क्रम थपिएको जिल्ला कोभिड व्यस्थापन समितिले थप गरेको प्रमुख जिल्ला अधिकारी बिजया प्रसाईले जानकारी दिनुभयो । जिल्लाको कोरोना जोखिमको अवस्था कस्ताको आधार मानेर मात्रै बिद्यालय खोल्ने बिषयमा निणर्य गरिने भएको छ । बिषयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले स्मार्ट लकडाउनको प्रतिवेदन प्रस्तुत गरेको थिए । अस्पताल निर्देशक डाक्टर राजिव शाहका अनुसार अस्पतालमा बिरामी भर्नाको हिसावले जुम्ला कोरोना संक्रमाणको जोखिम अवस्था छ । स्मार्ट लकडाउको कार्यविधी २०७८ अनुसार एक सय ५ भन्दा मुनी पोजेटिभ हुनुपर्ने भएपनि जुम्लामा बढिरेहेको छ । यस्तै अस्पतालमा ३५ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत दर पोजेटिभ देखिएकाले अहिले जुम्ला सुरक्षित जोखीममै देखीन्छ ।जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जिल्लामा हाल सम्म गरिएको परीक्षण र अवस्थाको बिषयमा दिएको थियो । स्वास्थ्य निरीक्षक प्रेमबहादुर सोमाईका अनुसार करिब २४ हजार बढिलाई खोप दिईएको छ । जसमा १२ हजार बढिले पूर्ण खोप पाएका छन । उनका अनुसार स्मार्ट लकडाउन कार्यान्वन गर्न स्थानीय तहमा रेण्डम सेम्पलिङ परीक्षण गर्न आवश्यक रहेको छ ।
त्यस्तै शिक्षा विकास तथा समन्वय इकाई जुम्लाका प्रमुख मकरबहादुर भण्डारीले हालको शिक्षाको अवस्थाको तथ्यांकको गरेका थियो । प्रमुख भण्डारीले सवै विद्यालयका शिक्षकलाई खोप लगाएमा वालवालिका सुरक्षित हुनेमा जोड दिए । तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले आ –आफ्ना स्थानीय तहले जोखिम पहिचान गरि निर्धारण गरिनुपर्ने बताए । प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रर्साइले स्मार्ट लकडाउनका लागि पूर्वाधार तयार भएमात्र विद्यालय संचालन गर्न हुने बताइन ।
नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले बिद्यालय खोल्ने बिषयमा हरेक स्थानीय तहमा कोरोना परीक्षणको तथ्यांकको आधारमा निर्णय गर्नुपर्ने बताए । उनले स्थानीय तहमा दुई हजार छ सय बढी एन्टिजन किट भएकाले परीक्षणमा जोड दिन अनुरोध गरे ।








