बहुविवाह मुद्दामा फरार दम्पती १३ वर्षपछि पक्राउ

 

जिल्ला अदालतले कैद फैसला सुनाएको दुई अभियुक्तलाई प्रहरीले १३ वर्षपछि पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले बेँसीसहर नगरपालिका(९ बस्ने ४४ वर्षीय खड्कबहादुर कामी र उनकी कान्छी श्रीमती ३५ वर्षीया मीना भन्ने सुमिला विकलाई शुक्रबार पक्राउ गरेको हो ।

पक्राउ परेका दुई जनालाई जिल्ला अदालतले २४ असार ०६६ मा बहुविवाह मुद्दामा जनही एक वर्ष कैद र पाँच हजार जरिवाना फैसला तोकेकोमा उनीहरू फरार थिए । उनीहरूलाई शुक्रबारै अदालतमा पेस गरी तोकिएको कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।

जेल सजाय भुक्तान गर्न बाँकी रहेका पुराना अभियुक्तहरूलाई पछिल्लो समय खोजीकार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए ।