‘डियर लभ’ ट्रेलरमा युवापुस्ताको मायाप्रेमको कथा

काठमाडौं, नेपालमा पछिल्लो समय वेब सिरिज निर्माणको प्रचलन निकै बढ्दो छ । यसैक्रममा आउँदो वैशाख १५ बाट प्रसारणको तयारीमा रहेको वेब सिरिज ‘डियर लभ’को नयाँ वर्षको अवसर पारेर बिहीबार एक कार्यक्रमका बिच ट्रेलर सार्वजनिक गरिएको छ ।

‘डियर लभ’को ट्रेलर रिलिज कार्यक्रममा प्रमुख अतिथिको रुपमा निर्माता तथमा कलाकार रमेश उप्रेती उपस्थित थिए । अभिनेता तथा निर्माता उप्रेतीले अहिले पहिलेको जस्तो कुनैपनि कलाकारले आफ्नो प्रतिभा देखाउन ठुलो पर्दाको सिनेमा अथवा टेलिभिजन सिरियलमा अडिसन दिन नपर्ने भन्दै ‘डियर लभ’का कलाकार तथा निर्माण टिमलाई सफलताको शुभकामना दिए । रुबुशा क्रियटिभ वर्कसको ब्यानरमा निर्माण भएको सिरिज रुबुशा च्यानल मार्फत प्रशारण हुनेछ । रविन बोगटीको पटकथा तथा संवाद लेखन रहेको सिरिजले युवा पुस्ताको माया, प्रेमप्रतिको महत्वलाई दर्शाइएको छ ।

सम्बन्धित समाचार