जुम्लामा बैशाख ९ गते देखि,प्रथम स्ववियू कप खुला पुरुष भलिबल प्रतियोगिता हुने

 

जुम्ला : जुम्लामा आगामी बैशाख ९ गते देखि,प्रथम स्ववियू कप खुला पुरुष भलिबल प्रतियोगिता हुने भएकाे छ।खेलकुदको उत्साह बढाउने उद्देश्यले प्रथम स्ववियू कप अन्तर्गत खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएकाे हाे । जुम्ला बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन को आयोजनामा जिल्ला स्तरीय बलिबल प्रतियोगिता सञ्चालन हुन लागेको हो।

आईतबार पत्रकार सम्मेलन गरि स्ववियू अध्यक्ष लोकेन्द्र बुढाले खेलकुदमार्फत क्याम्पसको पहिचान स्थापित गर्नुका लागि भलिबल आयाेजना गर्न लागिएकाे बताए । उनले जुम्लामा भलिबल खेल हराउदै गएकाे छ । उनका अनुसार स्ववियुले पहिलो पटक याे भलिबल आयाेजना गर्न लागेकाे हाे।
प्रतियोगिता पुरस्कार राशि प्रथम स्थान हासिल गर्ने टिमले नगद १ लाख १ हजार १०१ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५१ हजार १०१ रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछन्। प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई “म्यान अफ द म्याच” घोषणा गरी विशेष पुरस्कारसमेत प्रदान गरिने आयोजकले जनाएको छ।

जुम्लाका आठै स्थानीय तह तथा विभिन्न विद्यालयका टिमहरूले सहभागिता जनाउन पाउनेछन्। प्रतियोगितामा सहभागी हुन टिम दर्ता शुल्क १० हजार रुपैयाँ तोकिएको छ।

प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न करिब ३ देखि ४ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। आयोजक समितिले स्ववियूका सबै पदाधिकारीलाई जिम्मेवारी बाँडफाँड गर्दै तयारीलाई तीव्रता दिएको छ।

स्थानीय स्तरमै यस्ता प्रतियोगिताले खेल प्रतिभा पहिचान र विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ। साथै, जुम्लामा खेल पर्यटन र सामुदायिक एकताको नयाँ सन्देश प्रवाह हुने विश्वास आयोजकको छ।