‘पसिना’को पोष्टरमा यस्तो देखिए गौरव र अनु

केहि दिन अघि चलचित्र ‘पसिना’को प्रोमोसनल टाइटल गीत सार्बजनिक गरिएको थियो । मजदुरहरुको कथा–ब्यथा समेटिएको चलचित्रको सार्बजनिक पोस्टरमा मुख्य कलाकार गौरव पहाडी, अनु शाह, सरोज खनाल लगायतलाई देखाईएको छ ।

आर. बि खत्री ‘शरद’ निर्दे्शित चलचित्रमा गौरव, अनु, सरोजका अलावा सरोज अर्याल, रवि गिरी, धु्रव कोइराला, शारदा गिरी, सुरजनी केसी लगायतको अभिनय छ । राम केसीको छायांकन, राजनराज सिवाकोटी, दिपक शर्मा र थिरज राइको संगीत, नबिन निरौलाको सम्पादन, शिव बिक र राजीब समरको नृत्य रहेको चलचित्रमा देव महर्जनको द्वन्द छ । ‘गरौ सत्कर्म, बगाउँ पसिना’ भन्ने नारा बोकेको चलचित्र समसामयिक कथामा बनेको छ ।

पसिना बगाएर मात्र नहुने भन्दै सत्कर्म गर्न पनि आवश्यक रहेको सन्देश चलचित्रले दिने निर्देशक बताउँछन् । निर्देशक आर.बी.कै कथा रहेको ‘पसिना’को निर्माता शान्ता ढकाल हुन् । चलचित्र वैशाख २७ गतेबाट देशब्यापी प्रदर्शनमा आउने निर्माण टिमले जनाएको छ ।

सम्बन्धित समाचार