कर्णालीमा कुन एमाले बलियो ? कर्णालीमा कुन एमाले बलियो

ओलीको दम्भ र अहंकारले बलियो एमाले फुटेको मात्रै होइन् टुक्रैटुक्रा

काठमाडौं : विहिबार नेकपा एमाले वैधानिक रुपमै फुट्यो । यसको असर सातवटै प्रदेशमा पर्‍यो । एमाले उथलपुथल भने कर्णालीबाटै भएको थियो ।

ओरालो लागेको माओवादी सरकारलाई तत्कालिन एमाले माधव समूहका चारजनाले  ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको कुर्सी जोगाइदिएका थिए ।

केही त्यसको असर, केही केपी शर्मा ओलीको दम्भ र अहंकारले बलियो एमाले फुटेको मात्रै होइन् टुक्रैटुक्रा हुन पुग्यो ।  अन्ततः माधवकुमार नेपाल नेतृत्वको नेकपा एमाले समाजवादी बन्यो ।

कर्णाली प्रदेशमा एमाले समाजवादी बलियो देखिन्छ । नेकपा एमाले दसौं महाधिवेशनबाट निर्वाचित १० जिल्लाका अध्यक्षमध्ये ७ जना माधव समूहका थिए (हालको एमाले समाजवादी) ।

अहिले मुगु, जुम्ला र रुकुमका अध्यक्ष समाजवादीमा खुलेको देखिन्छ ।  माधव समूहमा देखिएका डोल्पाका जिल्ला अध्यक्ष दत्तबहादुर रोकायाको मृत्यु भइसकेको छ ।

यद्यपी एमाले समाजवादीले आफ्नो सम्पूर्ण शक्ति लिन नसकेको देखिन्छ । यस विषयमा  माधव नेपाल समूहका नेताले धारणा बनाएको देखिदैन  ।

विगत नेपाल पक्षमै रहेको संघीय सांसद सुर्खेतका ध्रुवकुमार शाही, प्रदेश सांसद जाजरकोटका करवीर शाही  र प्रदेश सांसद हुम्लाका दल रावल संस्थापनमा नै रहेका छन्  ।

केही महिनाअघिसम्म माधव गुटमा रहेका सुर्खेतका जिल्ला अध्यक्ष शाहीले पार्टीभित्र समूह छुट्टिए पनि विभाजनपछि भने एमालेमै रहेको बताए ।

एमाले विभाजनपछि  केही तटस्थ बसेका छन् । भने,  माधव समूहका केही प्रदेशसभा सदस्य ओलीतिर टाँसिएको देखिन्छ ।

एमालेबाट निर्वाचित २० सांसद मध्ये कर्णालीमा माधव  समूहमा ९ र ओली समूहमा ११ जना रहेका थिए । उक्त मध्ये चार जनालाई एमालेले यसअघि पार्टीबाट निष्कासन गरिसकेको छ ।

रहेका १६ सांसदमध्ये मुगुका चन्द्रबहादुर शाही र रुकुम पश्चिमकी देवी ओलीलाई एमाले समाजवादीको केन्द्रीय कमिटीमा राखिएको छ । शाहीले तटस्थ नै रहेको बताइएको छ ।

माधव समूहमा रहेका सांसद  सुर्खेतकी पद्मा खड्का,  जाजरकोटका करवीर शाही संस्थापनमै रहेका छन् ।  कर्णाली प्रदेशसभामा एमालेमा स्पष्टतस् १४ सांसद देखिएका छन् ।