बिकासमा भएको भष्ट्रचार पत्रकारिता मार्फत उठाउनु पर्छ ः प्रदेश प्रमुख कलौनी

जुम्ला ः कर्णाली प्रदेशका प्रदेश प्रमुख गोबिन्द प्रसाद कलौनीले बिकासमा भएको भष्ट्रचार पत्रकारिता मार्फत उठाउन आबश्यक रहेको बताए । उनले विकास निर्माणमा भइरहेको अनियमितताको बारेमा कलम चलाउनु पत्रकारिताको धर्म भएको बताए । जनजिबिका संग जोडीएको बस्तुस्तीको बारेमा बारेमा बुझन जुम्ला पुगेका प्रदेश प्रमुख कलौनीले जुम्लाका पत्रकारहरु संगको भेटघाटमा समाचार सम्प्रेषण गर्दा स्वतन्त्रता,सक्षमता र निष्पक्षतालाई ध्यानमा राख्नु पर्ने बताए । उनले थपे ,सत्य तथ्यको आधारमा समाचार प्रकाशन गर्नु पत्रकारिताको धर्म हो । उनले भने,‘पत्रकारिता पेशा भनेको समाजको ऐना हो ।

लुकेर रहेका वेथिति विसंगतिलाई चिरफार गर्नु र जनतालाई सुसुचित गराउने कामा मिडियाले गरेको छ । ‘विकासमा गति दिने र विकासमा हुने भ्रष्टाचारको निगरानी राख्ने काम नै पत्रकारिताको हो । न्यायपालिका, व्यवस्थापिका, कार्यापालिका पछिको पत्रकारिता भएको बताउदै नितिगत निर्णयमा हाम्रो भुमिका रहने बताए । अहिले सम्म विकास र समृदिमा उजागर ल्याउने सञ्चार क्षेत्रको हात हुन्छ’, प्रदेश प्रमुख कलौनीले भने ।उनले जुम्लाको प्राकृतिक सुन्दरताको प्रशंसा गरे । कर्णाली प्रदेशका जिल्ला मध्येकै जुम्ला संभावनायुक्त रहेको जिल्ला हो, उनले भने,’‘तर विकासमा गति दिन आवश्यक छ ।

जल,जमिन र जडिबुटीको धनि प्रदेश कर्णाली हो । समग्र कर्णालीको विकासमा संघ,प्रदेश र स्थानीय सरकार संग समन्वय गर्ने काम आफुले गर्ने प्रतिबद्धता जनाए । कर्णाली प्रदेश सरकारले मिडिया क्षेत्रमा विनियोजित हुने रकम प्रदेशको राजधानी केन्द्रीत गर्ने गरेको नेपाल पत्रकारमहसंघ शाखा जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले बताए । उनले न्यायोचित ढंगले कर्णालीका अन्य जिल्लामा आवद्व रहेका मिडियाहरुलाइ बिज्ञापन दिनुपर्ने बताए ।अध्यक्ष शाहीले माथिल्लो कर्णालीमा देखिएको इन्टरनेटको समस्या समाधानको लागि प्रदेश प्रमुखले पहल गर्नु पर्ने बताए । जुम्लाका पत्रकारहरुलाइ विधुतको ठुलो सास्ती खोपेको बताए ।