आयोजक ब्राजिललाई हराउँदै अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

काठमाडौं :  आयोजक ब्राजिललाई हराउँदै अर्जेन्टिनाले कोपा अमेरिका फुटबलकाे उपाधि जितेकाे छ।

केहिबेर अघि सकिएकाे खेलामा अर्जेन्टिनाले ब्राजिललाई १-० गोल अन्तरले पराजित गर्‍यो। माराकाना स्टेडियममा अर्जेन्टिनालाई उपाधि दिलाउन एन्जल डी मारियाले निर्णायक गोल गरे ।

खेलको २२ औं मिनेटमा डी मारियाले निर्णायक गोल गरेका हुन्।  उनले रोड्रिगो डि पलको पासमा उत्कृष्ट गोल गरे। बल पोसेसनमा पकड जमाएको ब्राजिलले भने पाएको अवसरलाई सदुपयोग गर्न सकेन।

ब्राजिलको पटक पटकको आक्रमण अर्जेन्टिनाका गोलकिपर बाधक बनेका थिए। जसको कारण ब्राजिल उपाधि घरमा राख्न असफल भएको छ।

अर्जेन्टिनाले यस अघि सन १९९३ मा कोपा अमेरिकाको उपाधि जितेको थियो। पछिल्लो पटक २०१५ र २०१६ को कोपा अमेरिकामा फाइनलमा पुगेको अर्जेन्टिना उपविजेता बनेको थियो।​

यो जितपछि अर्जेंटिनाले अहिलेसम्म १५ पटक कोपा अमेरिकाको उपाधि जितेकाे छ। उसले धेरै पटक कोपाको उपाधि जित्ने उरुग्वेसँग बराबरी गरेको छ।

सम्बन्धित समाचार