चन्दननाथ नगरपालिकाका द्धारा व्यवसायिक कृषकलाई दुहुनो भैसी बितरण
जुम्ला ः जुम्लाको चन्दननाथ नगरपालिकाले कृषकलाई दुहुनो भैसी वितरण गरेको छ । नगरपालिकाले व्यवसायिक कृषकको आयआर्जन बृद्धि गर्नका लागि दुहुनो भैसी वितरण गरेको हो । चन्दननाथ नगरपालिका र कृषकको लागत साझेदारीमा भैसी वितरण गरिएको नगरप्रमुख कान्तिका सेजुवालले बताइन् । उनले भनिन् यस लागत साझेदारीमा २५ प्रतिशत कृषक र ७५ प्रतिशत ससर्त अनुदानमा चन्दननाथ नगरपालिका ९ र ८ नम्बर वडाका २० कृषकलाई भैसी वितरण गरिएको हो । खासगरी कृषकको आयआर्जनमा बृद्धि गर्नका लागि चन्दनाथ नगरपालिकाले यस्ता कार्यक्रम गर्ने गरेको उनले बताइन् । दुई समुहका २० जना कृषकलाई २० लैनो भैसी र दुई वटा प्रजनन् क्षमता भएका राँका वितरण गरिएको चन्दननाथ नगरपालिका जुम्लाले जनाएको छ ।
यस्तै वडा नम्बर ३ र ८ का साना व्यवसायिक कृषकलाई बाख्रा पनि वितरण गरिएको छ । दुई समुहका ८० कृषकलाई ८० बाख्रा र ४ वटा प्रजनन् क्षमता भएका बोका पनि वितरण गरिएको जनाएको छ । यसमा पनि कृषक र स्थानीय सरकारको लागत साँझेदारीमा बाख्रा वितरण गरिएको हो । २५ प्रतिशत कृषक र ७५ प्रतिशत चन्दननाथ नगरपालिकाको ससर्त अनुदान लगानी रहेको नगरपालिकाले जनाएको छ ।








