डोल्पामा ट्रयाक्टर दुर्घटना हुँदा आमाको मृत्यु, छोरा बेपत्ता

सुर्खेत । डोल्पाको जगदुल्ला गाउँपालिका– १ को हुरिकोटमा ट्रयाक्टर दुर्घटना हुँदा आमाको मृत्यु हुनका साथै छोरा वेपत्ता भएका छन् । लु ४ त ३२२८ नम्बरको ट्रयाक्टर काठेपुल तर्ने क्रममा खोलामा खसेर दुर्घटना हुदाँ गाउँपालिका वडा नम्बर ५ बस्ने ३५ वर्षीया सेतु विक मृत्यु भएको छ भने उनका दुई वर्षका छोरा किरण विक खोलामा खसेर वेपत्ता भएका हुन् ।
बिकको काईगाउँ स्वास्थ्य चौकीमा मृत्यु भएको, उनका छोरा किरणको खोलामा खसेर मृत्यु भएको र अन्य दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले बताए । मृतक विकका दुई वर्षीय छोरा किरण विक पनि खोलामा खसेर बेपत्ता भएको डिएसपी पाण्डेले बताए । ‘दुर्घटनामा परेर सोही ठाउँका १९ वर्षीय अबितिर विक र ४५ वर्षीय कुसे विक सामान्य घाइते भएकाले स्वास्थ्य चौकीमा उनीहरूको उपचार भइरहेको छ ।’ उनले भने,‘रुकुम पश्चिम चौहरजहारी नगरपालिका बस्ने २६ वर्षीय चालक ठगेन्द्र खत्री फरार रहेकाले खोजी कार्य भइरहेको छ ।’








