अन्तराष्ट्रिय ओलम्पिक दिवसमा जुम्ली खेलाडीको उच्च प्रसंसा

जुम्ला ःहरेक बर्ष जुन २३ का दिन मनाइने अन्र्तराष्ट्यि ओलम्पिक दिवसमा जुम्ली खेलाडीको प्रसंसा गरिएको छ । भौगोलिक विकट्ताका बावजुद पनि खेलक्षेत्रमै आफनो भबिष्य देखेका जुम्ली खेलाडीको  उच्च प्रसंसा गरिएको हो । जिल्ला खेलकुद विकास समितिका सदस्य सचिव संगिता आचार्यले जुम्ली खेलाडीले खेल क्षेत्रमा पु¥याएको योगदान अतुलनिय रहेको बताइन ।उनले भनिन खेलक्षेत्रको बिकास भय मात्रै देश बिकास हुन्छ । सबै मिलेर खेलाडीलाई हौसला, उत्प्रेरणा र उर्जाको खाँचो रहेको बताइन । ’जुम्लाको खेल क्षेत्रमा हेर्ने नजर राम्रो नभएको भन्दै उनले खेल क्षेत्रको विकास बिना अरु विकासको कल्पना गर्न नसकिने बताइन । त्यस्तै,‘हिउँ चितुवा नामले प्रख्याति कमाएका धावक हरीबहादुर रोकाया जुम्लाले पाउनु सौभाग्यको बिषय हो । तर उनलाई सम्मान गर्न अहिलेको आबश्यकता हो । आर्चायले रोकायालाई खेलकुद विकास समितिले प्रतिभा पहिचानका माध्यमबाट खेलक्षेत्रलाई अघि बढाउने बताइन् ।
त्यस्तै धावक हरीबहादुर रोकायाले दुई पटक जुम्लाबाट ओलम्पिकमा भाग लिन सफल भएको अनुभव सुनाउदै राज्यले दुर्गमका खेलाडीलाई अवसर दिन कन्ज्युस्याइँ गरेका बताए । उनले भने,‘खेल क्षेत्रको माध्यमबाट मात्र यहाँको आर्थिक,सामाजिक,साँस्कृतिक पक्षको जगेर्ना हुन्छ ।

त्यसलै खेल क्षेत्रको प्रवद्र्धन गरौँ । खेलाडीको सम्मान गरौँ । यही खेलाडी प्रतिको सच्चा सम्मान भाव हुनेछ । ’ त्यस्तै कर्णाली प्रदेश खेलकुद परिषदका सदस्य सरोज शाही खेल क्षेत्र विकासको मेरुदण्ड भएको बताए । उनले भने,‘कर्णालीको खेलक्षेत्र उपेक्षामा छ । तर कर्णालीको खेल क्षेत्रले सिंगो देश चिनाउने सामाथ्र्य राख्छ । ’ नीति निर्माण तहमा पुगेकाहरुबाट नै खेल क्षेत्रलाई छाँयामा राख्ने काम भइरहेको प्रति आक्रोश पोखे । निस्वार्थ भाव र राजनीतिक पुर्वाग्रह नभएको खण्डमा कर्णालीको खेलकुद क्षेत्रमा अप्रत्यासित विकास हुने बताए ।

खेलमैदान नहुँदा खेलाडीले खेल अभ्यास गर्न समस्या भइरहेको बेला उनले राजासिम मैदानलाई रंगशालाको रुपमा निर्माण गर्न पहल गरिरहेको बताए । खेल मैदान नहुँदा जुम्ला खेलाडीले गरेको खेल क्षेत्रको विकास निकै प्रसंसनीय रहेको उनको भनाई थियो ।

त्यस्तै अखिल नेपाल फुटबल संघका केन्द्रीय सहायक महासचिव एवं जिल्ला फुटबल संघ जुम्लाका अध्यक्ष भरत बुढ्थापाले स्वास्थ्यका लागि खेल अपरिहार्य भएको बताए । खेलकुद विकास समितिले खेलाडीको मनोबल उच्च राख्ने काम गरेको प्रति खुसि व्यक्त गर्दै महासचिव बुढ्थापाले आगामी दिनमा खेलक्षेत्रको विकास र खेलाडीको प्रोत्साहन हुने खाले कार्यक्रम ल्याउन सुझाव दिए । खेलमा निरन्तर लागे खासै घाटा छैन । उनले भने,‘खेलक्षेत्रको लागि प्रयाप्त स्रोत साधन र खेलाडी प्रोत्साहनका कार्यक्रम ल्याउन सकेको खण्डमा जुम्लाको खेलक्षेत्र अब्बल हुने देखिन्छ ।

खेलकुद विकास समितिका अध्यक्ष धनकृष्ण पाण्डे खेलक्षेत्रमा होमिएका खेलाडीले तन,मनका साथ लाग्न सुझाव दिन्छन । खेल एउटा अनुशासित बनाउने क्षेत्र हो । जुम्ला जस्तो दुर्गमका खेलाडीले धावक हरि रोकाया जस्तो प्रशिक्षक पाउनु सौभाग्यको कुरा हो । उनले भने,’खेल क्षेत्रको विकासको लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार संगको समन्वय प्रभावकारी हुने देखिन्छ । ’

स्वास्थ्यका लागि खेलकुद ओलम्पिक लक्ष, पुर्व तयारीले जितन्छ अवश्य ’भन्ने नाराका साथ अन्तराष्ट्यि ओलम्पिक दिवस मनाइएको हो । जिल्ला खेलकुद विकास समितिको आयोजनामा चन्दननाथ नगरपालिका ५ स्थित राजासिममा ओलम्पिक दिवस मनाइएको थियो । दिवसको अवसरमा जिल्ला खेलकुद विकास समितिले सबै खेलाडीहरुलाइ टिसर्ट उपलब्ध गराएको छ ।

सम्बन्धित समाचार