जुम्लामा एक साताका लागी निषेधाज्ञा थप

जुम्ला ः कोरोना भाइसरस रोकथाम तथा नियन्त्रणका लागी जुम्लामा एक साताका लागी निषेधाज्ञा थप गरिएको छ । जुम्लामा सोमबार बसेको डिसिसिएमसिको बैकठले कोरोना नियन्त्रण गर्नको लागि यस अघिकै जारी गरिएको निषेधाज्ञा एक साथ थप गरेको हो । यस लागु गरिएको निषेधाज्ञा २०७८÷०३÷०७ राति १२ बजेबाट समाप्त हुने भएकाले पूनः २०७८÷०३÷०७ गते राती १२ बजे देखि २०७८÷०३÷१४ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी राख्न जिल्ला सुरक्षा समितिलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।
त्यस्तै कोभिङ–१९ को संक्रमित विरामीलाहरूलाई अस्पतालसम्म ल्याउन लैजानका लागि प्रयोग गरेर आएका कोभिड भ्यान २ वटा मध्ये उद्योग वाणिज्य सघं जुम्लाबाट सञ्चालित भ्यानको सम्झौता म्याद समाप्त भएको र संसद विकास कोषबाट सञ्चालित कोभिड भ्यानबाट विरामीलाई अस्पतालसम्म ल्याउन र लैजानको लागि समस्या हने भएकोले उद्योग वाणिज्य सघंद्वारा सञ्चालित कोभिडको भ्यानलाई निरन्तरता दिने भन्दै ,उद्योग बाणिज्य सघंलाई अनुरोध गर्ने निर्णय गरिएको जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । उनका अनुसार विश्वमा महामारीको रूपमा फैलिएको कोभिड–१९ को प्रकोप जुम्लामा समेत बढ्दो क्रममा रहेकोले यसलाई नियन्त्रण गर्नको लागि यस अघि जारी गरिएको निषेधाज्ञा पूनः २०७८÷०३÷०७ गते राती १२ बजे देखि जारी राख्नु पर्ने अबस्था आएको हो ।

यस्तै कोभिड भ्यान सञ्चालनको लागी तत्काल १,००,०० ( एक लाख ) रूपैया उपलब्ध गराउने प्रतिवद्धता भए बमोजिम रकम जम्मा गर्न बाँकी रहेका चन्दननाथ नगरपालिकाले १,८६,०००( एक लाख छयासी हजार), तिला गाउँपालिकाले १,८६,०००( एक लाख छयासी हजार) र कनकासन्दरी गाउँपालिकाबाट ८६,०००(छयासी हजार) रूपैया तत्काल जम्मा गर्न अनुरोध गर्ने निर्णय समेत गरिएको छ । जुम्लामा कोरोना संक्रमितिको संख्या ७ सय २३ जना पुगेका छन । त्यस्तै प्रतिष्ठानमा उपचार रक्त ३३ जना रेहेका छन भने , आज निको भएर घर फर्किनेको संख्या ,६७ जना छन , अहिले सम्म निको भयर घर फर्किनेको संख्या ५५१ जना रहका छन।

यसै बिच गृह मन्त्रालयकोे विपद् प्रतिकार्य शाखाको प.स. ०७७÷७८ च.नं. १७९ मिति २०७८÷०२÷१८ गतेको पत्र प्राप्त निर्देशन अनुसार विपद् व्यवस्थापन समितिलाई जानकारी गराई सो सम्बन्धमा आवश्यक छलफल गरिएको छ । छलफलमा सबै स्थानीय तह र जिल्ला विपद् व्यवस्थापन समितिले बिपद जोखीम न्युनिकरणका लागी सार्वजानि अपिल गर्ने निर्णय गरिएको छ । जुम्लामा अविरल वर्षाका कारण नदिको बहव बढीरहको समयमा नदिको छेउछालमा गई दाउरा उतार्ने , वालुवा निकाल्ने जस्ता जोखिम युक्त कार्य भइरहेकाले सबै स्थानीय तहहरुलाई जिल्ला विपद् व्यवस्थापन समितिले बिपद जोखीम न्युनिकरणका लागी सार्वजानि सुचना जारी गर्न अनुरोध समेत गरेको छ ।

त्यसैगरी जुम्ला जिल्लामा केही दिन यता लगातार रूपमा भएको अविरल वर्षाका कारण जिल्ला भित्रका विभिन्न गाउँपालिकाका घरहरू क्षति भएको सम्बन्धमा राहत, उद्दार गर्न भन्दा पहिला अनुगमन तथा क्षति यकिन गरी मापदण्ड अनुसार प्रतिकार्य तथा राहत प्रकिया अगाडी बढाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी थापाले बताए । उनले केही दिन देखिको अविरल बर्षाले पहिरो आउने जोखिम भई सुरक्षित स्थान तिर बस्न आम नागरिकलाई अनुरोध गरे । उनले भने ,आवश्यक पर्ने टेन्ट तथा त्रिपाल मागको लागि गृह मन्त्रालयमा अनुरोध गरि सकिएको छ। त्यस्तै चन्दननाथ नगरपालिका .नम्वर एक निवासी उजेली कुलालालाई घर भित्र बस्न जोखिम भएपछि हामी सँग उपलब्ध त्रिपाल दिएका छौ । पहिरो जोखिमक्षेत्रका समुदायलाईं सुरक्षित स्थानमा बस्न अनुरोध गर्दै तत्काल त्रिपालको मागलाई सम्बोधन गर्न जिल्ला रेडक्रस सोसाइटी सँग समन्वय भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जानकारी दिएको छ ।