मौसम अगाबै जनतामा सूचना पु¥याए क्षति न्यूनिकरण हुनेः मौसम बिज्ञान प्रमुख पराजुली

जुम्ला ः मौसम अगाबै जनतामा सूचना पु¥याए धनजनको क्षति न्यूनिकरण हुने पश्चिम मौसम बिज्ञान प्रमुख विनोद पराजुलीले बताए । उनले सबै संञ्चारमध्यमले मौसम पूर्व अनुमानको बिषयमा अगाबै सूचना दिएमा क्षेति कम हुने बताएका हुन ।जलतथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख विनोद पराजुलीले मौसम परिवर्तन पछिको क्षेति जोगाउन मौसम विज्ञानले दिईरहेको सूचना जनतामासमा पुरयाएमा क्षेति कम हुने भन्दै संचार माध्यामले सूचना प्रवाहमा विशेष जोड दिनुपर्ने बताए । उनले सूचना प्रवाह समयमै भएमा नागरिकको धनजनको क्षेति कम हुनेमा जोड दिए । मर्सिक्रोप्स अन्तरगतको भकारी परियोजनाले आयोजना गरेको मनसुन पूर्व अनुमान तथा अर्लि सूचना प्रवाह बिषयको भर्चुअल अन्तरक्रियामा पराजुलीले आफ्नो वेवसाईटमा तत्काल र एक दुई दिन पछिको समेत मौसम अनुमान राख्ने भएकोले यसलाई संचार माध्यामले प्रथामिकता दिई सूचना प्रवाह गर्न आवश्यक रहेको औल्याए । उनले भने ,यसमा सरोकारवाला निकायहरुले समेत सहयोग गर्न आवश्यक रहेको छ ।

उहाले मौसम पूर्व अनुमान विभागले गर्ने काम, सेवा र नेपालको स्थितिको बिषयमा प्रस्तुतीकरण गरेका थिए । पछिल्लो समय विभागले सूचना प्रणाली वेवसाईट, सामाजिक संजाल, ईमेल सूचना, मास एसएम एस सेवा, नोटिस वोर्ड सेवा, टेलिफोन मोवाईल सेवा संचालन ल्याएको बताए । यसैगरी ११५५ को टोलफ्रि नम्बरमा पनि सूचना लिन सकिने ब्यवस्था समेत रहेको छ ।

पछिल्लो समय नदिको सतहमा भने जोखिम नभएको भनाई छ,।मौसम विभागको हरेक आधा घण्टामा अपलोड गरिने सूचनामा कर्णाली सहितका नदिहरुमा बर्षातले केही पानी पर्ने भएपनि खतरा नहुनेमा जोड दिए । त्यस्तै अन्तरक्रियामा कर्णाली प्रदेश सरकारका विपत व्यवथापन शाखा प्रमुख तथा अधिकृत कृष्णबहादुर रोकायाले बिपतमा सवैले सहकार्य गरेर अगाडि बढ्नुपर्छ र समन्वय थप बढाउन आवश्यक रहेको बताए । उनले सूचना प्रवाहमा साझेदारी गरेर अगाडि बढ्न जोड दिए । भकारी परियोजनाको डिपुटि प्रमुख ईन्द्र बरालले मौसम पूर्व अनुमानमा के गर्न सकिन्छ भन्ने बिषयमा महत्वपूर्ण छलफल भएको बताए । उनले सहभागी पत्रकारसवैलाई धन्यवाद सहित जन्तालाई सूशुचित गर्ने काममा नयाँ योजना बनाएर अगाडि बढ्न अनुरोध गरे ।

भकारी परियोजनाको जुम्ला, मुगु र कालिकोट प्रमुख कलष्टर प्रमुख प्रकाश केसीले आगामी दिनमा यस्ता कार्यक्रम बढाउदै लैजाने र सहकार्यमा जोड दिने बताए । भचुअल वैठकमा कर्णाली प्रदेशको सुर्खेत, जुम्ला, दैलेख, कालिकोट, मुगु र सुदुरको अछाम जिल्लाका पत्रकार महासंघका पदाधिकारीहरु, पत्रकारहरुको सहभागिता रहेको थियो । पत्रकारहरुले छलफलमा चाडै सूचना दिने माध्याम तयार गरिनुपर्ने, बताएका छन ।

यस बिषयमा क्षमता अभिबृद्धिका कार्यक्रम ल्याईनुपर्ने, स्थानीय तहमा विपत समितिलाई यस बिषयमा जानकारी र सचेत बनाउन समन्वय हुनुपर्नेमा सुझाव दिएका छन् । त्यस्तै पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले मौसम पूर्व अनुमानको बिषय नागरिकमा पुग्ने गरि समयन्त्र बलियो बनाउनुपर्नेमा सुझाब दिए । उनले बदलिदो मौसमले पर्ने असर र रोकथामका बिषयका कार्यक्रम बाक्लो गरिनुपर्ने, संचार माध्यामहरुमा सूचना प्रवाह गरिनुपर्नेमा जोड दिएका छन । पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरत बिष्टले सवै संचार माध्यामलाई हरेक दिनको सूचना उपलब्ध गराउन सूझाव दिएका छन ।