खाद्यकोे चामल सहुलियत भएपछि चामल किन्न तछाडमछाड

जुम्ला ः सरकारले निषेधाज्ञा अवधिभरि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चामलमा २० प्रतिशत छुट दिने गरेपछि जुम्लाको खाद्य संस्थानमा चामल किन्न तछाडमछाड भएको छ । बिहाना देखी सँझा सम्म चामल लिनआउनेको घुइँचो ५ सयको हाराहारीमा देखीन थालेको हो  । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले एक सातादेखि प्रतिकिलो २० प्रतिशत छुट दिएर चामल बिक्री गरेको छ । ्सहुलियतको चामल लिन सदरमुकाम खलंगामा गाउँबाट ५सय जनाभन्दा बढीको घुइँचो लागने गरेको थियो। कोरोनाको महामारी नियन्त्रणका लागी जुम्ला प्रशासनले निषेधाज्ञा जारी गरेको समयमा ठुलो भिडभाड भएपछि संक्रमाणको जोखीम बढेको जनगुनासो आएको थियो । प्रशासनले जनगुनसोलाई मध्यनजर गरी उक्त भिड रोक्न बन्द गरको थियो ।

त्यस लगतै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, जुम्लाले सुचना जारी गरेको छ । सेवाग्राहीको अत्याधिक तथा अनियन्त्रित भिडभाड कम गर्न मिति २०७८।०२।३० को सूचना जारी गरेको छ । अब खाद्यले असार २ गते देखी स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी एक दिनमा बढिमा १०० जना लाई चामल दिने भएको छ । खाद्यले असार २ गते देखि तपशिलमा उल्लेखित तालिका बमोजिम जिल्ला प्रशासन कार्यालय जुम्लाको निशेधाज्ञाको पालना गर्दै बिहान ७ः०० बजे देखि ९ः०० बजे सम्म मात्र खाद्यान्न विकि वितरण गरिने व्यहोरा जानकारी गराएको छ ।

कार्यलय प्रमुख तिलक सुनारले जारी गरेको सुचनामा बुधबार चन्दननाथ नगरपालिका वडा नम्वर १,२,३मा खाद्यान्न विकि वितरण गरिने छ । त्यस्तै बिहिबार चन्दननाथ नगरपालिका वडा नम्वर , ४,५ र ६ वडाका नागरिकका लागी खाद्यान्न बिक्रि गरिने छ । त्यसैगरी शुक्रबार चन्दननाथ नगरपालिका वडा नम्वर , ७,८,९,र १० वडाको लागी बार तोकिएको छ । आईतबार पातारासी गाउपालिका, सोमबार गुठीचौर गाउपालिका र मंगरबार अन्य गाउपालिकाको लागी बार तोकिएको छ ।
सरकारले छुटको चामल दिएपछि ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने विपन्न समुदायलाई राहत मिलेको छ । यस अघि सरकारले छुट घोषणा नगर्दासम्म खलंगास्थित खाद्य गोदामबाट दैनिक मुस्किलले ५० जना मात्र चामल लिने गरेका थिए। अहिले थेगिनसक्नुको घुइँचो लाग्ने गरे पछि महामारीको जोखिम न्युनिकरणका लागी यस्तो कार्यगरिएकोे जिल्ला प्रशासन कयालयले जनाएको छ ।