मन्दिरको सम्पतीमा पहुचवालाको रजाई ,पसल चलाउछन् भाडा बुझाउदैनन्

जुम्ला । भनिन्छ मन्दिर जानु, पूजाआजा गर्नुको अर्थ भगवानलाई खुसी तुल्याउनु मात्र हो ? आफ्नो मनोकांक्षा पुरा गराउनु मात्र हो । तर जुम्लास्थित चन्दननाथ र भैरवनाथको मन्दिरको सम्पतीमा ठुलाबढाको रजाइ बनेको छ ।
मन्दिरका ५२ बटा घर र टहरा छन । ति सबै भाडामा लगाएका छन । मन्दिरको नाममा निमार्ण भएका टहराको भाडा बार्षिक रुपमा ४२ लाख , उठ्ने सम्झौता छ । गुठी ब्यवस्थापन समितिले बनाएको अडित रिपोटमा ३२लाख ५८ हजार ३सय ३३ रुपैया १२ पैसा भाडा उठेको छ । भने , भक्तजनहरुको दान , विवाह शुल्क गरेकर उठेको रकम ३८ लाख ४३ हजार २ सय २८ रुपैया ३ पैसा रहेको छ ।
सो रकम मन्दिरको पुजा आजा र नौजना कर्मचारीको तलबमा खर्च गरीएको चन्दननाथ भैरव नाथ मन्दिर गुठी ब्यवस्थापन समितिले जनाएको छ । मन्दिरको सम्पतीमा सम्झौता अनुसार भाडा नदिनेको लिस्टमा नाम परेको ब्यक्ति कुनै बाहिरबाट आयर ब्यवसाय चलाएका भने होइन । यि ब्यक्तिहरु हुन जुम्ला बजारका उच्च पहुज भएका ।
उर्मिला श्रेष्ठले २२ महिना , सुकबिर बुढाले १६ महिना , प्रभा शाहीले १० महिना सिता थापाले १९ महिना , भिन्चुले लामा ७ महिना , सुसिल देवकोटाले ९ महिना , लोकदर्शन श्रेष्ठले स्याउको फारम ५ महिना र २२ महिना घरको भाडा बुझाएका छैनन । त्यस्तै देवेन्द्र उपाध्यायले १६ महिना,भाडा बुझाएका छैनन् । मुबारक सिद्दिकीले ६ महिना ,प्रविन श्रेष्ठले १० महिना र बिनोद शेरचनले २० महिनाको भाडा नबुझाएको लेखापाल रत्नप्रसाद आचार्यले बताए ।
मन्दिरको टहारा बाट बाँकी उठ्नु पर्ने रकम १५ लाख ८हजार २सय ५३ रुपैया रहेको लेखापाल रत्न प्रसाद आचार्यले बताए । हामीले सम्झौता भएको रकम नबुझाउने ब्यक्तिलाई पटकपटक पत्रचार ग¥यौ । उनिहरुले उक्त पत्रको वेवास्था गरे । उनीहरुलाई दवाब दिनकै लागी हुलाक सेवा मार्फत पत्र पठाउदा पनि भाडा बुझाएका छैनन्, आचार्यले गुनासो पोखे ।
उनले भने ,‘बाहिरबाट आएका टहरा भाडामा लिएका सबैले इमानदारी पुर्वक भाडा तिरेका छन । भाडा नतिर्नेमा बजारका ठुलाबढा हुन । मन्दिरमा २जना पुजारी , एक लेखापाल एक जना जलरी र ५ जना सहयोगी कर्मचारी छन । उनीहरुको तलब न्युनतम ७ हजार देखी अधिकतम २७ हजार ५सय सम्म तोकिएको छ । उनीहरुको लागी मासिक तलब १ लाख २५ हजार जान्छ । तर भाडामा बसेका ठूलाबडाहरुले भने समयमा भाडा नै बुझाउदैनन् ।’
त्यस्तै टहरामा भाडा लियर चिया पसल गर्दै आएका काँसिराम भण्डारीले भने हामीले नियमित भाडा तिर्दै आएका छौ । हामी साना लगानीका पसलेलाई एक महिना भाडा नतिरे जरीवान काट्ने गरेका छन । तर ठुलाबडाले भाडा नतिरेर पनि बर्सौ सम्म बसेका छन । टहरामा ब्यवसाय गर्दै बसेका ब्यापारीका अनुसार, मन्दिरले भाडाको रकम जम्मा गर्नका लागी कुनै बैंकको खाता नम्वर भने ,दिइएको छैन मन्दिरको नामको रसिद बनायर रकम उठाउने गरेका छन ।
यसरी मन्दिरको नामको सम्पती हिनामिना हुदा गुठी ब्यवस्थापन समिति पनि मुखदर्शक बनेको छ । एक जना स्थानीय भन्छन् ,‘मन्दिरमा पनि राज्यनिति लागु भएको छ । हुनत गुठीब्यवस्थापन समितिमा पहुजबाला बाहेक अरु बसेको देखीदैन । समितिमा पहुजवालकै हालीमुहाली चलेपछि धर्मको नाममा मागी खाने भाँडो बनाइएको छ । यसरी मन्दिरको नाममा लाखौ रकम उठ्ने गरेपनि सार्वजानिक सुनाइ हुदैन ।’
गुठीको जग्गा व्यक्ति विशेषले गरे अतिक्रमण
त्यस्तै जुम्लास्थित चन्दननाथ गुठीको ठूलो मात्रामा जग्गा व्यक्तिविशेषले अतिक्रमण गरेका छन् । चन्दननाथ र भैरवनाथ मन्दिर परिसरमा विभिन्न व्यवसाय सञ्चालन गर्नुका साथै स्थायी संरचना बनाएका छन् । चन्दननाथ राजगुठीको १ लाख ४ हजार वर्गमिटर (करिब २ सय ५ रोपनी) जग्गामध्ये हाल मन्दिर रहेको क्षेत्रमा १४ सय ७९ वर्गमिटर र मन्दि नजिकैको सेरा खेत ४८ हजार ३ सय वर्गमिटर मात्र रहेको प्रमाण छ। बाँकी करिब १ सय ८ रोपनी व्यक्तिका नाममा पुगेको पाइन्छ ।
केही समय भाडामा लिने, पछि अतिक्रमण गर्दै लैजाने गर्दा गुठीको जग्गा मासिँदै गएको पाइएको छ । तर फिर्दा ल्याउन केही पहल भएको देखिदैन । खसहरूको पहिचान रहेको जुम्लाको चन्दननाथ गुठीको रैकर जग्गाको पनि हेसिबा किताब छैन ।
गुठी ब्यवस्थापन समितिका अनुसार गुठीको नामको लालपुर्जा हेर्दा कुडारीमा १ लाख १९ हजार ४ सय ५२ वर्गमिटर, कनकासुन्दरीमा २६ हजार २ सय ३५ वर्गमिटर, तलिममा २ लाख ३१ हजार ३ सय ३१ वर्गमिटर, कार्तिकस्वामिमा ४० हजार २ सय २४ वर्गमिटर, चन्दननाथमा ७० हजार ६ सय ६८ वर्गमिटर, पटमारामा ९हजार ४सय सय ८८ वर्गमिटर, देपालगाँउमा ४८ हजार ६९ वर्गमिटर, गज्यङकोटमा ८६ हजार ७४ वर्गमिटर, महतगाँउमा ८९ हजार ४ सय ७६ मिटर, बड्कीमा ११ हजार ५६ सय वर्गकिलोमिटर जग्गा छ । त्यसको कुत भने मन्दिरले अति कम मात्रामा पाउने गरेको छ । धेरैले तिर्ने गरेका छैनन् ।
जुम्ला बजारकै बीचमा रहेको र महँगो भएकाले धेरैको आँखा गुठीकै जग्गामा जाने गरेको छ । धेरैले कम समयका लागि जग्गा भाडामा लिने धेरै समयसम्म नछाड्ने गरेको पाइएको छ । कसैले स्थायी भौतिक संरचना बनाएका छन् ।उनले भने , ‘गुठीको जग्गामा तीव्र अतिक्रमण भएपछि २०७१ सालमा कालीबहादुर थापाको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो । समितिले २५ जेठ ०७१ मा गुठी व्यवस्थापन समितिलाई बुझाएको प्रतिवेदन अनुसार गज्र्याङकोट तथा गुठीचौरमा ३ हजार ५ सय ७३ वर्गमिटर जग्गा अतिक्रमण गरेर ५ जनाले घर बनाएका छन् । दलजित बुढा, गंगा बुढा, कालीबहादुर बुढा, हंश बुढा, दीपबहादुर कामी र पूर्ण बुढाले गुठीको जगा हो भन्ने थाहा हुँदाहुँदै पनि घर बनाएका छन् ।’
त्यस्तै, चन्दननाथ नगरपालिकाको कालेखोली र बजार क्षेत्रमा पनि गुठीको जग्गा अतिक्रमण भएको छ । गुठीकै जग्गामा चन्दननाथ–३ का बिर्खबहादुर स्वाँरले घरसम्म जाने बाटो बनाएका छन् ।
गुठीकै जग्गामा चन्दननाथ–४ डाँडाकोटमा सार्वजनिक सडक बनाइएको छ। चन्दननाथकै प्रवीण श्रेष्ठले बारी र शौचालय, पारस महत, विनोद शेरचन र नवराज गिरीले शौचालय, पदम खत्रीले घर, बारी र शौचालय तथा प्रभा श्रेष्ठले बारी बनाएको प्रतिवेदनमा उल्लेख छ।प्रतिवेदनअनुसार जग्गा अतिक्रमण गरेर वसुन्धरा नगरकोटी, तिल सुनार र दत्त सुनारले टहरासमेत बनाएका छन्। यी सबै मापदण्ड विपरीतका संरचना भएको समितिले बताएको छ ।








