“विश्व वातावरण दिवस“

जुम्ला ः वातावरण एक बृहत् तथा अत्यावश्यकिय अवधारणा हो । वातावरण संरक्षण र बचाउ सबैको चासोको विषय भएकोमा दुईमत छैन । सफा र सुन्दर वातावरणमा बाँच्न पाउने अधिकार सबैको हुन्छ । स्वच्छ स्वास्थ्य वातावरण जिवनको समग्रताको अंग भएकोले जिउने अधिकार भित्र स्वच्छ स्वस्थ वातावरणको हक पनि अन्तरभुत हुने नै हुन्छ । हामी सबै मिलेर हाम्रो वातावरणको रक्षा हामी आफैले गर्नुपर्छ। अन्यथा स्वस्थ एवं सुरक्षीत वातावरण विना समाज कल्याणको कल्पना पनि अधुरो नै हुन्छ ।
स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई नेपालको संविधानले मौलिक हकको रुपमा स्थापित गरेको छ । वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ का साथै अन्य क्षेत्रगत ऐन कानुन समेत रहेका छन् ।
हरेक वर्ष वातावरण प्रती हरेक व्यक्तिलाई जागरुक बनाउनका निम्ति ५ जुनमा विश्व वातावरण दिवस मनाउने गरिन्छ। हाम्रो जिवनमा धेरै कुराको महत्व छ जसमा एक हामी वरपरको वातावरण हो । हामी सबैको जिम्मेवारी यो पनि हो कि हामी सबै आफै मिलेर आफ्नो वातावरणको रक्षा गरौ ।
तर पनि यो कुरालाई नकार्न पनि सकिँदैन कि वातावरणलाई सबै भन्दा अधिक हानीनोक्सानी पुर्याउने तत्व मानिस नै हो । प्रत्येक वर्ष अनगिन्ती मात्रामा रुखहरुको कटाई देखि बन जङ्गल सखाप पार्ने काम पनि मानिसले नै गरेको छ । हरेक वर्ष ती निर्दोष रुखहरु निर्बमरुपमा काटिन्छन् । यो गलत कार्य हो र यसको परिणाम समेत गलत छ भनी जान्दाजान्दै मानिसहरु ती अबोध रुखलाई काटी नै रहन्छन् । यसैमा विश्व वातावरण दिवस हामी लाई ती सबै कुराको दुष्प्रभावको बारेमा भन्न र वातावरण प्रती जागरुक गराउने काम गर्छ ।
विश्व वातावरण दिवस २०२१ को थिम यस वर्ष ईकोसिस्टम रेस्टोरेशन ( भ्अयकथकतझ च्भकतयचबतष्यल) भ्अयकथकतझ च्भकतयचबतष्यल मार्फत वृक्षरोपण गरेर वा वातावरणको रक्षा गरेर प्रदुषणको बढ्दो स्तरमा कमि गर्नु र इकोसिस्टममा पर्दै गरेको दवावमा कमि ल्याउनु हो । विश्व वातावरण दिवसको मुख्य उदेश्य भनेको दुनियाँभरि मानिसको विच वातावरण पदूषण, जलवायू परिवर्तन, ग्रीन हाउसको प्रभाव, ग्लोबल वार्मिग, व्लैक होल ईफेक्ट आदि ज्वलन्त मुद्दा र यसबाट हुनेवाला विभिन्न समस्या प्रती आम मानिसलाई जागरुक गराउनुको साथै पर्यावरणको रक्षाको लागी हर सम्भव प्रेरित गराउनु रहेको छ ।
यो कुरालाई कदापि नकार्न सकिँदैन कि सम्पुर्ण मानवताको अस्तित्व प्रकृतिमा नै निर्भर छ । त्यसैले त हामिले समय छदै एक स्वस्थ एवं सुरक्षित पर्यावरणको कल्पना गर्न जरुरी छ । प्रकृति बचाउनका लागि एक एक्लो व्यक्ति मात्र काफी छैन यसमा हामी सबै मिलेर संयुक्तरुपमा संकल्प लिन जरुरी छ ।
अब हाम्रो वातावरणलाई हामी पुर्न हराभरा गराउन सक्छौ । प्रत्येक व्यक्तिले वर्षमा कम्सेकम एक वा दुईपटक सम्म कम्सेकम एक बोट (रुख) अवश्य लगाउन पर्छ र ति बोटको रेखदेख र संरक्षण पनि गर्नु जरुरी छ । साथै यो संकल्प लिन पर्छ कि नदि तलाउ र पोखरी प्रदुषित गर्ने छैनौ । फोहोर मैले कहिँ कतै फाल्नु पुर्व मैले फोहोर ड्स्मिनमा हाल्ने छु आफुले पहिरिएका कपडामा भएका खल्तीमा मात्र हाल्ने छु । किनकि म र हामी वातावरण रक्षा गर्न सकौ र सक्ने छौ ।








