नागरिक बचाउन घरदौलो अभियानमाः उपाध्यक्ष बुढा
ः तिला गाउँपालिकाका उपाध्यक्ष बिष्णु बुढा तिलाबासीको भरलाग्दो जनप्रतिनिधि बन्न सफल भएकी छन । उनले गरेको जन्ताप्रतिको सेवाले नै तिलाबासीले भरलाग्दो मनाका हुन । उनि यतिबला कोरोना संक्रमितको मनोबल उचो बनाउन घरदैलो अभियानछन ् । उनले भनिन बरु हामी मर्नतयार छौ जन्ता बचाउनु पर्छ । कोरोना संक्रमितको अवस्था बुझ्दै उनीहरुको परिवारलाई सहानुभुति दिदै आएकी छन ।उनि कोरोनाको कहरबाट नागरिक बचाउनकै लागी घरदौलो अभियानमा छन । उपाध्यक्ष बुढा कोरोना कहरको पहिलो चरणमा सचेतना कार्यक्रम लिएर जनताको घरदैलोमा पुगेकी थिइन । उपाध्यक्ष बुढाले दोस्रो लहरमा संक्रमितलाई भेटेर कोरोना संक्रमण फैलन नदिनको लागि उच्च सतर्कता अपनाउन आग्रह समेत गरेकी छन । उनी नागरिकलाई महामारीबाट बचाउन स्वास्थ्यकर्मी लिएर परामर्श दिदै आएका हुन ।
त्यही सचेत पार्न घरदैलो अभियान शुरु भएको छ । ’ उपाध्यक्ष बुढा स्वास्थ्य संयोजक गणेशबहादुर शाही, अहेब उत्तम देवकोटा पनि संक्रमितको घरदैलोमा जाने गरेका छन । उपाध्यक्ष बुढाले भनिन्,‘कोरोना सामुहिक समस्या भएकोले सामुहिक रुपमा प्रतिरोध गर्नुुपर्छ । स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्नुपर्छ । ’उनले संक्रमितको स्वास्थ्यमा जटिल प्रकारको समस्याआउने वित्तिकै खबर गर्न आग्रह गरिन । उनले भनिन्,‘कोरोना संक्रमणका कारण दिनहुँ ज्यान गइरहेकोछ । जटिल समस्या आएपछि खबर गर्नुहोला अस्पताल सम्म लैजाने व्यवस्था स्थानीय सरकारले गर्नेछ ।
होम आइसोलेसनमा बसेका संक्रमितले उच्च सतकर्ता अपनाउनु पर्ने उनले बताइन ।
यहाँका संरचना होमआइसोलेसन मैत्री छैनन । संक्रमित भएर घरमा बस्नेले सबैभन्दा बढि ध्यान दिनुहोला । उनले भनिन्,‘घरबाहिर निस्कदा मास्क अनिवार्य प्रयोग गर्नुहोला । सेनिटाइजर प्रयोग गर्नुका साथै साबुन पानीले नियमित हात धुनु होला । सामाजिक तथा व्यक्तिगत दुरी कायम गर्नुहोला । परिवारलाई संक्रमण हुन सक्ने खतरा भएकोले पारिवारिक स्वास्थ्य सुरक्षामा पनि ख्याल गर्नुहोला । ’ गाउँपालिकाको वडा नं. ४ का चार जना, वडा.नं. ३ को १ जना,र वडा नं. ७ को दुई जनालाई घर दैलोमा पुगेर स्वास्थ्य परामर्र्श दिने काम भएको उनले बताइन । तिला गाउँपालिका ३ का होम आइसोलेसनमा बसेका संक्रमित दत्त गिरीले घरदैलोमा पुगेर संक्रमितको मनोबल उचो बनाउने कार्य गरेकोमा खुसि व्यक्त गरे । उनले भने,‘सरकारले सबै बेहोर्न त सक्दैन् ।
त्यस्तै तिला गाउँपालिकाका स्वास्थ्य संयोजक गणेबहादुर शाहीले घरदैलोमा पुगेर संक्रमितालाई उर्जा दिने काम उदाहरणीय भएको बताए । उनले भने,‘घरदैलोमै जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोली पुग्दा संक्रमित खुसि हुने गरेका छन । लक्षण अनुसारको औषधि दिन्छौँ ।स्वास्थ्य परामर्श दिएर फर्किन्छौँ । ’ उनले संक्रमितलाई यतिबेला हौसला र उत्प्रेरणाको खाँचो भएको बताए । संक्रमितलाई भेटेर गाउँपालिकामा बनाइएका आइसोलेसनमा आएर बस्न आग्रह गरिएको थियो । गाउँपालिकामा २५ बेडको आइसोलेसन र ५ बेडको कोभिड अस्पताल अक्सिजन र चिकित्सक सहित सञ्चालनमा छ ।कोरोना संक्रमण फैलन नदिन र संक्रमितको स्वास्थ्य उपचारमा गाउँपालिका प्रतिबद्ध रहेको उपाध्यक्ष बुढाले बताइन ।कोरोना मैदानमा उपाध्यक्ष बुढाले खेलेको भुमिका प्रसंसनीय रहेको स्थानीय बताउँछन । पहिलो लहरमा क्वारेन्टिन निर्माण, व्यवस्थापन र सचेतना फैलाउने कार्यमा खटिएकी उपाध्यक्ष बुढा दोस्रो लहरमा आइसोलेसन निर्माण र व्यवस्थापनमा खटिएकी हुन ।
कोभिड अस्पतालमा डक्टर,नर्स र कार्यालय सहयोगीको उचित व्यवस्थापनका लागि निकै सक्रिय छिन् । कोरोना संक्रमणले अप्रिय घटना नहोस भन्नेमा चिन्तित छौँ, उनले भनिन्,‘जसका लागि गाउँमा रहेका स्वास्थ्यकर्मी र गाउँपालिकाको स्वास्थ्य शाखालाई परिचालन गरिएको छ । गाउँपालिका भित्र ३ ठाउँमा हेल्थ डेस्क राखिएको छ । ’उपाध्यक्ष बुढा नियमित हेल्थ डेस्कमा गएर स्वास्थ्यकर्मीलाई उर्जा दिने र हेल्थ डेस्कको व्यवस्थापन गर्न र रेखदेखमा चासो राख्ने गरेको स्वास्थ्यकर्मी बताउँछन । तिला गाउँपालिकामा ९ वटा वडा छन । ३४ बस्ती छन् ।जिल्ला बाहिरबाट गाउँपालिकामा प्रवेश गर्ने जो सुकैलाई जुम्ला कालिकोटको सिमानामा जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले राखेको हेल्थ डेस्कमा एन्टीजेन परिक्षण गरेर मात्र प्रवेश गर्न सुचित गराइन ।
उनले नागरिकलाई पोजेटिभ रिर्पोट आउने वित्तिकै सम्पर्क गरेर गाउँपालिकाले बनाएको आइसोलेसनमा बस्न आग्रह गरिन । संक्रमितको व्यवस्थापन गाउँपालिकाले गर्नेछ । ’ उनले गाउँपालिकाले कोरोना फैलन नदिन गरेका हरेक क्रियाकलाप कार्यन्वयन गरेर साथ दिनु पर्ने बताइन । गाउँपालिका भित्र हरेक गाउँमा एक सुचना सम्प्रेषण व्यक्ति राखेको छ । गाउँपालिका ११ जना संक्रमित छ । एक जना कर्णाली स्वास्थ्य विज्ञान प्रष्ठिानमा उपचार गराइरहेका छन ।








