कर्णालीमा कांग्रेस सरकारमा जादैँ, मन्त्रीको सपथ ग्रहण भोली

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको नेपाली कांग्रेस सरकारमा सहभागी हुने भएको छ । मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको झण्डै दुई महिनापछि नेपाली कांग्रेस सरकारमा सहभागी हुने भएको हो ।
संसदीय दलका नेता जीवनबहादुर शाहीले दुईवटा मन्त्रालयसहित सरकारमा जाने तयारी भएको जानकारी दिए । ‘आर्थिक वर्ष २०७८/७९ को बजेट पनि आउन लागेको छ । सरकारलाई सकारात्माक ढंगले अगाडी बढाउन हामी सरकारमा सहभागी हुने छौं ।’ उनले भने,‘महामारीका बेला सरकारका काम प्रभावकारी बनाउनका लागि सरकारमा सहभागी हुन लागेका हौं ।’
कांग्रेसले सामाजिक विकास मन्त्रालयमा यज्ञबहादुर बीसी र जलस्रोत तथा उर्जा विकास मन्त्रालयमा दीनबन्धु श्रेष्ठलाई पठाउने भएको छ ।
पछिल्लो समय कांग्रेसले सामाजिक विकास मन्त्रालयबाट अलग्याएर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा गाभिएको युवा तथा खेलकुद कार्यक्षेत्रलाई सामाजिकमै ल्याउनुपर्ने सर्त राखेको थियो ।
मुख्यमन्त्री शाही निकट स्रोतले दिएको जानकारी अनुसार कांग्रेस २ जना मन्त्री सरकारमा सहभागी हुने र भोली (शुक्रबार) थपिएका मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम गरिनेछ ।
वैशाख ३ गते कांग्रेसले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएर शाहीको सत्ता जोगाएको थियो ।

सम्बन्धित समाचार