अक्सिजन सिलिण्डर र स्वास्थ्य सामग्री जुटाउदैै, कोभिड संकट व्यवस्थापन समिति

जुम्ला ः गैरसरकारी संस्थाले जिल्ला कोभिड संकट व्यवस्थापन समितिको निर्णय कार्यन्वयन गरेका छन । यस अघि जिल्ला कोभिड संकट व्यवस्थापन समितिले राहत तथा स्वास्थ्य सामग्री एकदवार प्रणाली मार्फत वितरण गर्ने निणर्य गरेपछि ,वल्र्डभिजन र किर्डाक नेपाल जुम्लाको साझेदारीमा सञ्चालित नेपाल कभर परियोजना चरण २ अन्र्तगत कोभिड १९ व्यवस्थापनका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको किर्डाक जुम्लाका संयोजक रेशम शाहीले बताए । उनले भने वल्र्डभिजन र किर्डाक जुम्लाले स्वास्थ्य सामाग्री प्रदान गरेको हो । उनले भने ४६ लिटरको अक्सिजन सिलिण्डर ७० थान, पल्स ओक्सिमिटर ७० थान, थर्मल गन ७० थान, पिपिई सेट ७० थान, स्यानिटाइजर, सर्जिकल माक्स, एन नाइन्टीफाइप माक्स, हण्डवाससहित २२ लाख ६४ हजार ७२८ रुपियाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरिएको हो । त्यस्तै जिल्ला कोभिड संकट व्यवस्थापन समितिको अध्यक्ष तथा जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्रले जिल्लामा एकदवार प्रणाली मार्फत स्वास्थ्य सामग्री वितरण गर्ने गरी दाताहरुबाट सहयोग भएको छ । उनले भने कोरोना माहामारीमा प्राण वायूको रुपमा प्रयोग हुने अक्सिजन सिलिण्डरसहित अन्य स्वास्थ्य सामग्री वल्र्डभिजन र किर्डाक जुम्लाको सहयोगमा प्राप्त भएको छ ।
यसलाई आवश्यकताका आधारमा एकदवार प्रणालीमा स्थानीय तह र अस्पतालमा पठाइने छ । कोरोनाले भाइरसले जुम्ला पनि आक्रान्त पारेको छ । मानव जीवनलाई तहसनहस पार्दै आएको यो माहामारीबाट यहाँका दुई जनाको मृत्यु भइसकेको छ । जुम्लामा कोरोना संक्रमितको संख्या ४२८ पुगेको छ भने १८९ जना निको भएका हुन् ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जनस्वास्थ्य कार्यालय जुम्लाले पिसिआर, एन्टीजेन मार्फत कोरोना संक्रमण परीक्षण गर्ने गरेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा २९ जना उपचार गरिरहेका छन् ।यस्तो कोरोना सक्रमणबाट बच्नका लागि अहिले मानव जातीलाई अक्सिजन, भेन्टिलेटर, आइसियूसहित स्वास्थ्य सामग्रीको आवश्यकता पर्ने गरेको छ ।
यस्तै आवश्यकताको मध्यनजर गर्दै वल्र्ड भिजन र किर्डाक नेपाल जुम्लाले अक्सिजनसहितको स्वास्थ्य सामग्री जिल्ला कोभिड संकड व्यवस्थापन समितिलाई प्रदान गरेको छ । त्यस्तै नेपाल रेडक्रस सोसाईटी शाखा जुम्लाले सर्जिकल माक्स २६,००० थान एम ९५ मास्क ८५० थापि.पि.ई सेट२० सेट सर्जिकल मास्क१०,००० सहयोग गरेको छ ।








