कोरोनाको जोखिमलाई न्यूनिकरण गर्न नेपाल रेडक्रस सोसाइटीको सहयोग

जुम्ला ः कोरोना संक्रमणको जोखिमलाई न्यूनिकरण तथा नियन्त्रण गर्न स्वास्थ्य सामग्री वितरण गरिएको छ । महामारीका रुपमा फैलिरहेको कोभिड १९ को दोस्रो भेरिएन्टको संक्रमणको जोखिमलाई न्यूनिकरण तथा नियन्त्रण गर्नका चाइना रेडक्रस र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मार्फत कोभिड १९ सम्वन्धित स्वास्थ्य वितरण भएको हो । नेपाल रेडक्रम सोसाइटीले विगत १ वर्ष देखी कनकासुन्दरी गाँउपालिका र चन्दननाथ नगरपालिका भित्र लंक्षित गरि कोभिड पूर्व तयारी तथा प्रतिकार्य कार्यक्रम संचालन गर्दै आएको थिए ।

यसको सहयोग सहयोग प्राप्त चाइना रेडक्रसबाट सहयोग गरिएको छ ।(नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जुम्लामा कार्यक्रम संचालिन गरि उप सभापति जगदिश चौलागाईलाई ,कर्णाली प्रदेश अध्यक्ष भेष बहादुर थापाले संयुक्त रुपम डिसिसिएमसिलाई हस्तान्तरण गरेका हुन । सर्जिकल माक्स २६,००० थान एम ९५ मास्क ८५० थापि.पि.ई सेट२० सेट लगायतको समाग्री प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा मार्फत हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश अध्यक्ष भेष वहादुर थापाले बताए ।

त्यस्तै नेपाल रेडक्रस सोसाइटीका पूर्व केन्द्रिय सदस्य तथा संबिधान सभा सदस्य ,ललित जंग शाहीले सर्जिकल मास्क१०,००० थान,पि.पि.ई सेट२० र बाँकी सामग्रीहरु नेपाल रेडक्रस सोसाईटी जुम्लाका उपशाखाहरु मार्फत गाँउपालिकाका प्रतिनिधिहरुको उपस्थितिमा समुदाय स्तरमा वितरण गरिने छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जुम्लाले विभिन्न स्थानमा संचालन भई रहेका क्वारेन्टाइन साईटहरुको सहयोगका लागि १०० परिवार जतिलाई पुग्ने गैर खाद्य सामग्रीहरु समेत नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालय संग माग गरेको रेडक्रस सोसाईटी जुम्ला मन्त्री इन्द्र राज डाँगीले बताए ।