जुम्लाका कोरोना संक्रमित भन्छन ,कोरोना भन्दा पनि समाजको अपहेलानको पीडा बढी

जुम्ला ः कोभिड १९ नामक कोरोना भाइरसको अहिले दास्रो लहर विश्वव्यापी रुपमा तिब्र गतिमा फैलिएको छ । यो भाइरसको संक्रमण पहिलो पल्ट हाम्रो छिमेकी राष्ट्र चीनमा देखिएको थियो। हामीले यस खतरालाई चिर्नको लागि योजना बद्धतरिकाले अगाडी बढ्नु अति आवश्यक छ।यो भाइरसले सबै क्षेत्रमा परेको देखीन्छ । आफू वरिपरि कसैलाई सामान्य रुघाखोकी लागेमा, त्यो कोरोना भाइरसको संक्रमण नै पो हो कि भन्ने त्रास हिजोआज बढेको पाइन्छ। अनि आफूलाई पनि रुघाखोकी लाग्दा वा टाउको दुख्दा, त्यो पनि कोरोना भाइरसकै संक्रमण हो र अब मरिन्छ कि भन्ने खालका सोचाइहरू बढ्दै गएको पाइन्छ।हिमागाउपालिकाका ४का गोर्ख शाहीले भने , कोरोना संक्रमित हुनेबित्तिकै आफन्त र छिमेकीले गर्ने व्यवहार नै परिवर्तन भयो ।

त्यस पछि उनलाई कोठामा एक्लै थुनिएर बस्नु पर्दा ठूलै अपराध गरेजस्तै बोध भयो ।सोही वडाका रतन बहादुर रावतको पडिा पनि उस्तै छ । उनी भन्छन , अलग्गै कोठामा सारियो । दुई दिनसम्म त बाहिर तिर मुख देखाउनै मन लागेन। त्यसपछि पनि म मेरो कोठामा एक्लै बसे । कहिले कोरोना मुक्त हौला जस्तो भयो । यी दिनमा उनले धेरै कुरा सम्झिए– घर, परिवार, साथीसंगी, आदि–इत्यादि । त्योभन्दा बढी सम्झिए, आफ्नै घरपरिवार र छिमेकीले गरेको अपहेलान ।उनि मात्रै होइन , जुम्लाका कोरोना जित्न सफल भएका सबैको गुनासो यहिछ कि कोरोनाको डर भन्दा समाजको अपहेलान बढी सहनु गरेको थियो ।
हिमाका गोर्ख शाही भन्छन, संक्रमित भएको खबर सुनेपछि तनावमा परे । तर पनि “उच्च मनोबलका साथ कोरोनासँग लडिरहेको थिएँ, , उनलाई घरमा अरुलाई पनि संक्रमण हुने हो कि भन्ने डर थियो,।”े संक्रमणलाई मेडिकल भाषामा ’लोकल ट्रान्समिसन’ भनिन्छ । यसरी एक व्यक्तिबाट अर्कोमा सरेको घटना छन । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले ‘लोकल ट्रान्समिसन’ लाई कोरोना संक्रमणको दोस्रो चरण मानेको छ ।
कोरोनाका बिरामी लाई छिमेकीले देख्न पनि मान्दैनन्
कोरोना संक्रमित बिरामी रोगले भन्दा पनि अमानवीय व्यवहार झेल्न बाध्य छन ।यसबाट बच्न सजिलो र भरपर्दो उपाय हो, दूरी कायम गर्नु । जुम्लामा संक्रमितको संख्या ४सय २८ पुगेको छ । तीमध्ये १सय ८९जना निको भएर घर फर्किसकेका छन् ।

हाल सम्म दुइ जनाको मुत्यु भएको छ । २९ जना कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार रक्त छन । संक्रमित भन्छन, आफुलाई देख्नेबित्तिकै गाउँका केही मान्छे टाढैबाट भाग्ने गरेको देख्दा नै नमीठो लाग्ने गरेको पोख्छन्,। उनीहरु भन्छन , धेरै जना घरअगाडिको सार्वजनिक बाटो हिँड्न पनि छाडेका रहेछन्,” ्, “यो रोग परिवार, आफन्त र समाजबाट टाढा बनाउने खालको रहेछ ।” कोरोना संक्रमित व्यक्ति र परिवारले चुकाउनु परेको सामाजिक मूल्यको पीडा शब्दातीत रहेको उनीहरुको भनाई छ ।

हाम्रो यस्तो खालको सोचाइ बढेपछि विभिन्न खालका मनोसामाजिक समस्याहरू पनि देखा पर्न थालेका सक्छन । हिमा गाउपालिकाका स्वास्थ्य शाखाका प्रमुख रतन बहादुर रावत भन्छन ,हामीले बुझ्नुपर्ने कुरा के छ भने ,यस्ता खालका तनावपूर्ण अवस्थामा आफूभन्दा ठूला व्यक्तिहरूबाट सल्लाह लिने वा सिक्ने गर्नु पर्छ । उनहिरुबाट बुझेका कुरालाई तनाव मुक्त विषयमा रूपान्तरण पनि गर्न सकिन्छ। उनले भने ,कुनै पनि महामारीको समयमा एउटा विशेष समुदायलाई दोष देखाउने मानवीय स्वभाव हुन्छ।
दोषयुक्त हल्का खालका टिप्पणीले हम्रो मस्तिष्कमा त्यो समुदायप्रति नकारात्मक धारणा बन्न जाने पनि हुन्छ, जसको असर दूरगामी हुने गर्छ। त्यसैले सबैको अगाडि कसरी यस्तो समयमा प्रस्तुत हुने कस्ता खालका धारणा बनाउने भन्ने ठूलो भूमिका स्वास्थ्यकर्मी जनप्रतिनिधिको हुनु पर्छ ।

त्यस्तै हिमा गाउपालिकाकी उपाध्यक्ष हिमाली रोकायाले भनिन, कोरोना बाटबच्ने उपायका बारेमा घरदौलो अभियान गरेका छौ । उनले स्वास्थ्यकर्मी सहितको टोली लगेर आफ्ना हातहरू धेरैपल्ट धुनुपर्छ, प्रत्येक पटक हात धुँदा कम्तीमा पनि २० सेकेन्ड लगाएर साबुनपानीले धुने गर्नुपर्छ , खोक्दा वा हाछ्यूँ गर्दा रुमालले मुख छोप्ने गर्नुपर्छ,अरूको खाजा वा पानी खानु हुँदैन, हात मिलाउनुको सट्टा नमस्ते गर्ने बानी बसाल्नु पर्छ , कोरोना भाइरसको कारणले अत्यधिक तनाव भएमा नजिकैको मनोविद् वा मनोचिकित्सकसँग सरसल्लाह लिनु पर्ने जस्ता बिषयमा सचेतना दिएको बताइन ।