चन्दननाथले बनायो ,२५ बेडको सुविधायुक्त आइसोलेसन

जुम्लाः चन्दननाथले बनायो २५ बेडको सुविधायुक्त आइसोलेसन निमार्ण गरेको छ । नगरपालिकाले २५ बेडको सुविधायुक्त संस्थागत आइसोलेसन केन्द्र सञ्चालन गरेको हो ।उद्योग वाणिज्य संघको हलमा सुविधायुक्त आइसोलेसन स्थापना गरिएको चन्दननाथ नगरपालिका मेयर कान्तिका सेजुवालले बताईन । विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी, औषधी उपचार खाना, नास्ता, मैत्रीपूर्ण शौचालय खानेपानी बत्ती तथा रङ्गिन टिभी र इन्टरनेट सहितको सुविधायुक्त संस्थागत आइसोलेसन निर्माण गरी सञ्चालनमा ल्याइएको मेयर सेजुवालको भनाई छ ।

होम आइसोलेसनले संक्रमण बढ्न थालेपछि संस्थागत आइसोलेसन तयार गरीएको हो । तर अझै अहिले संक्रमित आएका छैनन् । घरमा बसेका असुरक्षित महसुस गरेका सबै सङ्क्रमितलाई संस्थागत आइसोलेसनमा आउन समेत आग्रह नगरपालिकाले गरेको छ । आइसोलेसनमा विज्ञ डाक्टर स्वास्थ्यकर्मीसँगै दैनिक पोसिला आहाराको समेत व्यवस्था गरिएको चन्दननाथ नगरपालिका विपद् व्यवस्थापन शाखा प्रमुख लक्ष्मीचन्द्र न्यौपानेले बताए ।गाउँघरलाई संक्रमण मुक्त बनाउने लक्ष्य अनुसार चन्दननाथ पहिलो चरणमा २५ बेडको सुविधायुक्त आइसोलेसन बनाएको र पछि आवश्यकता अनुसार थप बेड बनाइने छ ।

जिल्लाकै सबैभन्दा बढी संक्रमित रहेको चन्दननाथ नगरपालिकामा संक्रमण रोकथामका लागि जनचेतना फैलाउने काम पनि निरन्तर रुपमा गरिएको छ ।सीमित स्रोत साधनका कारण आइसोलेसन निर्माणमा केही ढिलाइ भएको र नागरिकको जीवन रक्षाका लागि सरकार पन्छिन नमिल्ने भएकोले तत्काल संस्थागत आइसोलेसन निर्माण गरिएको छ ।
मङ्गलवार सम्मका सबै संक्रमित घरमै बसेको र बुधवारदेखि सङ्क्रमितलाई अनिवार्य संस्थागत आइसोलेसनमा राखिने भएको छ ।होम आइसोलेसनमा बसेका सङ्क्रमितले घरमा असुरक्षित महसुस गरी संस्थागत आइसोलेसनमा आउन चाहेमा पनि ल्याइने चन्दननाथ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पृथ्वीनाथ योगीले बताए ।जुम्लाभरि २ सय ४० बेडको आइसोलेसन तयार भएका छन । ]

यहाँका आठ स्थानीय तह मध्ये सिञ्जा गाउँपालिका बाहेक अन्य सात स्थानीय स्थानीय तहले २ सय ४० बेडको संस्थागत आइसोलेसन निर्माण गरेका हुन् ।होम आइसोलेसनले गाउँ गाउँमा संक्रमण फैलिएपछि स्थानीय तहले धमाधम संस्थागत आइसोलेसन निर्माण गरेका हुन् ।तथ्याङ्क अनुसार जुम्लाको चन्दननाथ नगरपालिकाले टिभी सहितको २५ बेड आइसोलेसन तयार गरेको छ । भने पातावासीले ५० बेड, गुठिचौर ५० बेड, तातोपानीले २० बेड, तिलाले २५ बेड,हिमाले २० र कनकासुन्दरी गाउँपालिका ५० बेड गरी जम्मा २ सय ४० बेड संस्थागत आइसोलेसन तयार भएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । यस अघि गाउमा रहेको कोरोनाको अबस्था, अस्थायी कोभिड अस्पताल,आइसोलेसनको अवस्था बारे कर्णाली प्रदेशका पूर्व कानुन मन्त्री तथा सांसद नरेश भण्डारी, सांसद पदम रोकाया, प्रजिअ भुपेन्द्र थापालगायत सरोकारवालाले आठै स्थानीय तहमा स्थलगत अनुगमन गरेका छन् ।