संक्रमितलाई कोसेली होईन,आइसोलेसन चाहियो मेयर साव


जुम्ला ः चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवाको कोरोना संक्रमितलाई कोसेली बाँड्दै गरेको तस्बीर यतिबेला साँमाजिक संञ्चालमा भरीभराउ छन । यतिबेला कोरोनाका बिरामीलाई कोसेली भन्दा पनि सस्थागत्त आईसोलेसनको खाँचो रहेको छ । हामीलाई यतिबेला कोसेली होइन मेयर साव ,आइसोलेसन चाहियो । एउटै घरमा बस्दा सबै घरपरिवार संक्रमित हुने भएकाले ताँपाइको कोसेली भन्दा पनि हामीलाई सुरक्षित तरिकाले बस्ने आइसोलेसन बनाइदिनु होस, भन्दै नगरपाकाका कोरोना संक्रमितले अनुरोध गरेका छन ।

होम आइसोलेनमा बस्ने संक्रमितहरुले स्वास्थ्य मापदण्ड पूरा गर्न नसक्दा संक्रमण दर अन्य गाउपालिकाको तुलनामा तिव्र गतिमा बढेको स्वास्थ्यकर्मीहरुले बताएका छन। होम आइसोलेसनमा बसेका संक्रमितहरु संक्रमितहरु एक ठाउँबाट अर्काे ठाउँमा जाने गरेको स्थानीयको गुनासो छ। कोरोनाका संक्रमित बढ्दै गए पनि चन्दननाथ नगरपालिकाले संस्थागत आइसोलेसन बनाएको छैन। चन्दननाथ नगरपालिकामा मात्रै ९१ जना संक्रमित भइसकेका छन । त्रासैत्रासले संक्रमितहरु होम आइसोलेसनमा बस्न बाध्य छन्। कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि आफै जागरुप हुनुपर्ने स्थानिय सरकारको कतब्र्य हो । तर चन्दननाथ नगरपालिकाले कोभिड संकट व्यवस्थापन समितिको निर्णय नै कार्यान्वयन नगरी मेयर,सेजुवाल यतिबेला कोरोना संक्रमितलाई कोसेली बाँड्नमा ब्यस्त छन ।

सबै भन्दा धेरै जनसंख्या भएको चन्दननाथ नगरपालिकालनै कोरोनाले संक्रमित भएका नागरिलाइ आइसोलेसन नबनायर घरघरमै बसाल्दा भयभह अबस्था आएको नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताए । उनले भने ,होम आइसोलेनमा बसेका संक्रमितहरुले स्वास्थ्य मापदण्ड पूरा नगरी जथाबाभि हिड्डुल गरिरेहका छन । उनले थपे ,आठ स्थानीय तह रहेको जुम्लाको चन्दननाथ नगरपालिकामा सबैभन्दा बढी संक्रमित छन ।

यो नगरपालिकाको कमजोरीले हो । समयमै आइसोलेसन बनायर संक्रमितलाई ब्यवस्थापन गरेको भए यो अवस्था आउने थिएन । नागरिक समाजका अध्यक्ष महत भन्छन , मेयर साव कोसेली दिएर हाइलाई नआउनु होस अहिले आबश्यकता आइसोलेसनको छ ,‘जन्ता बचाउन सके कोसेली बाँडने दिन त छदैछन नि रु होम आइसोलेनमा बस्ने संक्रमित कोरोना रोग प्रति संम्बेदनशिल हुने गरेका छैन । संक्रमित आइसोलेनमा बस्ने र स्वास्थ्यकर्मीको निगरानीमा हुनु पर्ने हो ।तर संक्रमित नै एक ठाउँबाट अर्काे ठाउँमा जाने र संक्रमण फैलाउने गरेको जनगुनासो छ ।

कोरोना संकट व्यवस्थापन समितिको बैठकबाट यहाँका सात वटै स्थानीय तहले ५०÷५० बेडको आइसोलेसन तथा ५÷५ बेडको कोभिड अस्पताल संचालनमा ल्याउने भनेर कामसुरु गरिसके ,तर चन्दननाथ नगरपालिका मेयर कान्तिका सेजुवालले कोरोना रोकथाम तथा नियन्त्रणमा प्रदेश र संघीय सरकारले बजेट नदिएकोले आइसोलेसन कक्षा नबनाउने बताइन् । उनले चन्दननाथ नगरपालिकाभित्र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल छ, भनेर बजेट नदिने अहिले हामी कसरी आइसोलेसन कक्षा बनाउने भन्दै आक्रोश व्यक्त गरिन् । उनले आइसोलेसन बनाउने बजेट नभएको भन्दै टारेकी थिइन ।

तर अहिले होमआइसोलेसनमा बसेका संक्रमितलाई पोषणयूक्त आहारा वितरण गर्ने बजेट त रहछि नि भन्दै नागरिकले आलोचना गरेका छन। जुम्लामा कोरोना संक्रमितको संख्या २सय ६४ पुगेको छ । जसमा ७७ जना संक्रमण मुक्त भएर घर फर्किएका छन ।उद्योग बाँणिज्यसंघ जुम्लाका अध्यक्ष रज्जव अलि मनियारले भने ,उद्योग वाणिज्य संघको भवनमा आइसोलेसन बनाउने दिने पनि निर्णय गरिएको भएको छ । ‘आइसोलेसन बनाउनका लागि जिल्ला कोभिड संकट व्यवस्थापन समिति, स्थानीय प्रशासन र चन्दनाथ नगरपालिकालाई जानकारी दिएका छौँ । तर अहिलेसम्म आइसोलेसन बनाउन नगरपालकिा आएको छैन ।

सम्बन्धित समाचार