नेपालको सन्दर्भमा वनस्पति दिवस – २०७७

        अनिता थापा

हरेक बर्ष चैत्र २९ गते वनस्पति विभागको वार्षिक उत्सवको अवसरमा मनाइने राष्ट्रिय वनस्पति दिवस २०७७ को नारा “जडीबुटी खेति अभियान,सम्वृद्धिका लागि योगदान” रहेको छ । जडिबुटी भनेको गैरकाष्ठ वन पैदावारहरुमध्ये सबै भन्दा महत्वपूर्ण औषधीयुतm र सुगन्धित तेल निकाल्न प्रयोग गरिने लघु वन पैदावार हो । सबै जडिबुटीको उपयोगको उद्देश्य एउटै हदैन र एकै खालको भाग नै प्रयोगमा आउंछ भन्ने छैन ।जडिबुटीको विभिन्न महत्व विभिन्न ठाउँहरुमा रहेको हुन्छ, जस्तै धार्मिक, आर्थिक र सामाजिक रुपमा रहेको हुन्छ । जडिबुटी खेतिको कारणले कृषकको जीवनस्तर सहज र सरल बनाउन भूमिका खेलेको हुन्छ । जडिबुटी खेतिबाट औषधी र सुगन्धित तेलजस्ता वस्तुहरु बनाउन सकिन्छ । जडिबुटी खेतिले वेरोजगारी कम गर्न सकिन्छ । जडिबुटी खेतिको कारण विभिन्न किसिमको वातावरण प्रदुषणलाइ रोकी वातावरण हरियाली बनाउन टेवा पुगेको हुन्छ । जडिबुटीलाइ औषधीको रुपमा प्रयोग गर्नाले विभिन्न किसिका रोगहरु निको हुन्छन । त्यसैले हामीले जडिबुटी खेतिलाई प्रोत्साहन दिदैं देशको सम्वृद्दिका लागि अघि बढ्नुपर्छ ।
वनस्पति दिवसका हालसम्मका नाराहरु देहाय बमोजिमका छन् ।
१.वनस्पति राष्ट्रका्े सम्पति,२०६५

२.सदुपयोग गरे वनस्पति हुन्छ सबैको उन्नति, २०६६
३.वनस्पति जोगाऔं कार्बन उत्सर्जन घटाआ,ैं २०६७
४.वनस्पतिको अभिबृद्धि,राष्ट्रको सम्पति,२०६८
५.प्रविधि विकास वनस्पतिको,आर्थिक सम्बृद्धिराष्ट्रको,२०६९
६.वनस्पतिको अभिबृद्धि, जीवनको सम्बृद्धि,२०७०
७.अमूल्य वनस्पति, राष्ट्रको सम्पति,२०७१
८.गरौ सम्बद्र्धन वनस्पतिको, हुन्छ समुन्ति राष्ट्रका,२०७१
९.वानस्पतिक विविधता, अमुल्य सम्पति, २०७३
१०.जीवनको लागि वनस्पति,२०७४
११.वनस्पतिको उपयोग र ब्यापार,सम्बृद्धिको आधार, २०७५
१२.सम्बृद्धिको लागि वनस्पति, २०७६
१३.जडीबुटी खेती अभियान, सम्बृद्धिको लागि योगदान, २०७७
वनस्पतिक विविधताको पहिचान, अध्ययन, अनुसन्धान र प्रविधिको विकास गरी यिनको संरक्षण, व्यवस्थापन एवमं प्रशंसनीय कार्य गर्न ब्यक्ति, समूह वा संस्थालाई पुरस्कृत गर्ने उद्देश्यलाई वि.सं.२०६६ सालमा स्थापना गरेको हो । राष्ट्रिय वनस्पति पुरस्कार विभागले प्रत्येक बर्ष चैत्र २९ गतेका दिन प्रदान गर्दछ, जसको ेराशि हाल २ लाख रहेको छ ।

वनस्पति अनुसन्धान केन्द्र भनेको वानस्पतिक विविधताको पहिचान, अध्ययन, अनुसन्धान र प्रविधिको विकास गरी यीनको संरक्षण, संवर्धन, व्यवस्थापन एवम दिगो उपयोग गरी देशको सामाजिक, आर्थिक विकास गर्न उल्लेखनीय एवंम प्रशंसनीय भूमिका निर्वाह गर्न हो । वनस्पति सा्रेतको सर्वांगीन विकास र सदुपयोग गर्नको लागि र राज्यको कूल गा्रहस्थ उत्पादनमा वनस्पतिले ग्रहण भूमिका खेलेको हुन्छ । कुनै पनि सा्रेतको पूर्ण अभिलेख नभईकन र पूर्ण अनसन्धान नभइकन त्यसलाइ कसरी परिचालन गर्ने भन्ने बारे यकिन गर्न गाहा्रे हुन्छ ।
यसर्थ नेपालमा भएका फुल फुल्ने र नफुल्ने वनस्पतिहरुको अभिलेखिकरण गर्नुपर्दछ । सम्पदालाई कसरी सदुपयोग गर्ने भन्ने बारेमा ती वनस्पतिहरुको औषधीय गुण, व्यवसायीक गुण र अन्य घरेलु प्रयोजनका लागि पनि वनस्पतिको ठुलो भूमिका रहेको छ । व्यवसायीक प्रयोजनमा लैजान सकिने औषधी र अन्य किसिमका जडिबुटीहरुको उत्पादन गर्नको लागि वनस्पति विभागका ७ वटा अनुसन्धान केन्द्रहरु मार्फत जडिबुटी बेर्नाहरुकोे उत्पादन, वितरण र व्यापक खेति गर्नको लागि स्थापना गरिएको छ ।

त्यस्तै गरेर कर्णाली प्रदेशलाई जडिबुटि क्षेत्रको रुपमा विकास गरी नेपाललाइ चाहिने जडिबुटीहरुको कच्चा पदार्थ यही नेपालबाटै उत्पादन गर्न सकिने र जडिबुटीहरुको प्रशोधन गरी तिनीहरुको सारतत्वलाइ विदेश लगेर निर्यात गर्न पनि सकिने सम्भावनाको ढोका खोल्नको लागि वनस्पति विभाग तत्पर छ ।साविकको जिल्ला वनस्पति कार्यालय तथा हालको वनस्पति अनुसन्धान केन्द्र, जुम्लाले आफ्नो स्थापना कालदेखि नै जडिबुटी तथा अन्य महत्वपूर्ण वनस्पतिहरुको सर्वेक्षण, संरक्षण र दिगो व्यबस्थापन तथा उपयोगको बारेमा काम गर्दै आइरहेको सन्दर्भ सर्वविदितै छ । यसै जिल्लाको विभिन्न क्षेत्रहरुमा जडिबुटीको खेती प्रविधि विस्तार गर्ने उद्देश्यका साथ तालिम तथा उद्यम विकास, अन्तरक्रिया,जडिबुटीको घरेलुकरण, खेती प्रविधि अनुसन्धान, जडिबुटी समूह, जडिबुटी सूचना केन्द्र,जडिबुटी प्रदशनी प्लट तथा वनस्पति उद्यान,वनस्पति सो्रतको उपयोगी ज्ञानको अभिलेखीकरणको माध्यमबाट जडिबुटी कृषक वा सम्बद्ध सरोकारवालालाई सु–सुचित पार्ने काम पनि भैरहेको छ ।

साथै विशेषगरी प्राकृतिक बासस्थानमा बहुमुलल्य जडिबुटी लोप हुदै गइरहेको अवस्थामा जैविक स्रोतको वंश संरक्षण, प्राकृतिक भौगोलिक संरचना, हावापानीमा आर्थिक उपार्जनका प्रमुख वैकल्पिक स्रोत तथा आधुनिक स्वास्थ्य उपचारका पहँुचबाट टाढा रहेका मानिसहरुलाई स्थानीय स्तरमै स्थानिय वनस्पतिको प्रयोग गरी प्राथमिक स्वास्थ्य उपचार गराउन पनि जडिबुटीको खेती प्रविधिको विकासको आवश्यकता अत्यन्त सान्दर्भिक देखिन्छ । उचित तरिकाले खेति तथा संकलन गरी स्वस्थ र गुणस्तरीय जडिबुटीहरुको उत्पादन गर्ने प्रविधिलाई नै जडिबुटीहरुको असल खेती तथा संकलन आचार संहिता भनिन्छ । यसको उद्देश्य सामाजिक सुरक्षा कायम गर्न, वातावरण संरक्षण गर्न, गणस्तरीय जडिबुटी उत्पादन गर्न र मूल्य अभिवृद्धि गर्नु हो ।

यसको मुख्य सिद्दान्त जडिबुटीको सही पहिचान,सूक्ष्म जीवाणु र अजैविक संक्रमण रहित स्वच्छ र गुणस्तरीय उत्पादन, मानवीय स्वास्थ्य सुरक्षाको सुनिश्चिता र वातावरण र जैविक विविधता संरक्षण गर्न हो । साथै समृद्धिका लागि जैविक विविधता महासन्धि १९९२ का प्रमुख उद्देश्यहरु पूरा गर्न संरक्षण, दिगो सदुपयोग र लाभमा स्वच्छ तथा समन्यायिक वितरणमा पनि ख्याल गर्नु पर्दछ ।

  अनिता थापा ,वनस्पति अनुसन्धान केन्द्र, जुम्ला
(रिसर्च इन्टर्न)