७ महिनामै ४३ उजुरी , जुम्लामा घरेलु हिंसा, बढ्दै 

जुम्ला ः जुम्लामा पछिल्लो मयिमा घरेलु हिंसा बढ्दै गएको पाइएको छ । समाजमा अझै पनि लिंगका आधारमा गरिने हिंसाहरु कायमै रहेका छन् । जुम्लामा चालु आर्थिक वर्षको सात महिनामै ४३ वटा घरेलु तथा समाजिक हिंसाका निवेदन महिला तथा बालबालिका सेवा केन्द्रमा दर्ता भएका छन् । समाजिक हिंसाका कारण  ग्रामीण क्षेत्रका महिलाहरू लैंगिक हिंसाबाट पिसिएका हुन  । चेतनाको अभाव, शिक्षाको पहुँच नहुनु, कानुनी अड्चन मुख्य कुरा आफ्नै हक अधिकार बारे वकालत गर्ने क्षामता नहुनु लगायतका कारणले कर्णालीका महिला घरेलु हिंसाबाट पडित भएका छन।

४३ वटा  निवेदन  दार्ता भए अनुसार  २१ वटा सामाजिक हिंसा र २२ वटा घरेलु हिंसा तर्फको निवेदन दर्ता भएको  जिल्ला प्रहरी कार्यालयका प्रहरी हवल्दार दिनेश आर्चायले बताए ।उनले भने,घरेलु हिंसा तर्फ २२ उजुरी मध्य १७ वटाको मिलापत्र भएको र ५ वटा बाँकी छन् । त्यस्तै सामाजिक हिंसा तर्फका २१ उजुरी मध्य १६ मिलापत्र भइसकेको र ५ वटा उजुरी बाँकी रहेको छन् ।  उनले  अधिकांश घटना अदालती प्रक्रिया भन्दा मेलमिलापकै माध्यबाट न्याय निरुपण गरिएको बताए  ।

जिल्ला प्रहरी कार्यालयमा डिएसपी माधव प्रसाद काफ्लले भने, महिलामा  कानुनको विकास, सरकारी तथा गैरसकारी निकायहरुको महिला मैत्री कार्यक्रम संचालनको गती हेर्दा ६ महिनामै घरेलु तथा सामाजिक हिंसाका ४३ वट उजुरी दर्ता हुनु भनेकै दुखद पक्ष हो ।  उनले भने ,नेपालको संविधान, २०७२ को भाग ३ अन्तर्गतको ३८ नम्बरमा महिला अधिकार सम्बन्धी मौलिक हकको व्यवस्था गरेको छ । लैंगिक स्वतन्त्रता रहने, आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्य, रोजगार तथा सामाजिक सुरक्षाका क्षेत्रमा महिलाको अधिकार सुनिश्चित रहने व्यवस्था छ । त्यस्तै, विभिन्न गैरसरकारी निकायले पनि महिला सशक्तीकरण अधिकार प्रत्याभूत तथा लैंगिक समानताका क्षेत्रमा काम गर्दै आएका छन् ।  नयाँ मुलुकी ऐन २०७५ ले पनि महिला अधिकार तथा लैंगिक समानता विषयमा धेरै व्यवस्था गरेको छ ।

दैनिक जसो सामाजिक हिंसा भन्दा घरेलु हिंसाका उजुरीहरु आउने गरेका छन् ।राज्य तथा गैरराज्य पक्षले महिला अधिकार सुनिश्चितका लागि जति काम गरे पनि दूरदराजका महिलाको अवस्था भने फेरिएको छैन ।डिएसपी काफ्ललेका अनुसार देशमा महिलाका कानुन बढ्दै गएपनि दुरदराजका नागरिकको चेतना स्तर अझै बढेको छैन् जसका कारण घरेलु हिंसा, सामाजिक हिंसा घटेका छैनन् ।सामाजिक रुपमा पनि महिलालाई होच्याउने,गालीगलौज गर्ने, जाडरक्सी खाएर कुटपिट गर्ने जस्ता घरेलु हिंसा र बढ्दै गएको अबस्थामा स्थानीय सरकार,प्रहरी प्रशासन मौन भएर बस्न नहुने नागरिक अगुवाहरुको भनाई छ ।