नागरिकको गुनासो सम्बोधन गर्न सेवाप्रदायक निकायमा अनुगमन

जुम्ला ः जुम्लाका सेवाप्रदायक निकायहरुको सेवा प्रभावकारी बनाउन अनुगमन गरिएको छ । जुम्लाका बिषयगत्त कार्यालय बाट दिइने सेवा प्रति नागरिकको गुनासो बढे पछि जिल्ला अनुगमन तथा मूल्यांकन समितिका पदाधिकारीले अनुगमन गरेका हुन । नागरिकलाई प्रदान गरिदै आएको सेवा सम्वन्धमा आएको जनगुनासो सम्बोधन गरी सम्बन्धीतनिकायलाई प्रभावकारी सेवा दिन अनुरोध गरिएको जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । उनले भने ,यस अघिसेवा प्रवाहलाई चुस्तदुस्त बनाउनका लागी गरिएको प्रयासहरुको बारेमा समेत जानकारी लिइएको छ। सोमबार जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा , चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाल , लगायको सरोकारवालाको टोलीले नेपाल टेलिकम शाखा जुम्ला , मालपोत कार्यालय जुम्ला र नापी कार्याल जुम्लामा अनुगमन गरेको छ। सेवा प्रवाहामा जनगुनासो बढेपछि अनुगमन गरिएको मेयर कान्तिका सेजुवालले बताइन । उनले भनिन, सरकारी कार्यालय सेवा नागरिक मैत्री हुनु पर्छ । प्रजिअ थापाले यस अघि ’जुम्लाका २६ वटा कार्यालयमा छड्के अनुगमन गरेका थिए । जुम्लामा २ सय ३० वटा सरकारी कार्यालय रहेका छन्।









