उर्थुचौतारको पटमारामा प्रसुति गृह सञ्चालन ,गर्भवति महिलालाई सहज हुने

दिलमाया शाही
जुम्ला ः जुम्लाको पातारासी गाउँपालिकाको उर्थुचौतारको पटमारा स्वास्थ्य चौकीमा प्रसुति गृह सञ्चालनमा आएको छ । संघियता पछि पातारासी सरकारले दुर्गमका गाउँ गाउँमा पूर्वाधार सहितको गुणस्तरीय स्वास्थ्यको पहुँच बृद्धि गरेको हो। गर्ने उद्देश्यका साथ प्रसृति गृह सञ्चालनमा ल्याएको हो । ग्रामीण भेगका स्वास्थ्य संस्था स्तरबृद्धि गर्ने उद्देश्यले स्थानीय सरकारले प्रथामिकता दिएको हो । अहिले दुर्गमका गाउका स्वास्थ्य चौकीमा ल्याब सेवा, बर्थिङ सेन्टर सञ्चालन भइरहेका छन् । खकार, रगत, दिशा पिसाब लगायत २०÷२१ प्रकारका समस्याहरूको परीक्षण गाउँकै स्वास्थ्य चौकीमा हुने भएपछि पतारासी गाउँपालिकाका स्थानीय लाई सहज भएको स्वास्थ्य चौकी इन्चार्ज कृष्ण बुढाले बताए । उनले भने प्रसुतिगृहको लागी ,निशुल्क ७६ वर्गमिटर जग्गा उपलव्ध गराउने स्थानीय तुलविर विष्टलाई पनि सम्मान गरिएको छ । जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख कार्मा बुढा र पालिका अध्यक्ष लछिमन बोहोराले आइतबारदेखि सञ्चालनमा आउने गरी ल्याब सेवा र बर्थिङ सेन्टरको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
जिसस काव प्रमुख कार्मा बुढाले भने ,दुर्गमका नागरिकको समस्या बुझेर गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा सुचारु गरीएको छ । उनले थपे ,अबका दिनदेखी पातपारासीगाउँपालिकाका नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित भएको बताए।
उनले भने, यस अघि यहाका गर्भवती महिलालाई,गाउँकै स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर नहुँदा सदरमुकाम जान असहज थियो । जसका कारण अधिकांश महिला घरमै सुत्केरी हुने गर्दर्थे । सदरमुकाममा रहेको प्रतिष्ठानमा आउन महँगो खर्च लाग्थ्यो । तर अब गाउँमै ल्याब, बर्थिङसेन्टर सञ्चालन भएपछि नागरिकले राहत महसुस गरेका छन।गाउँमै बर्थिङ सेन्टर हुँदा, आमा तथा बच्चाको सुरक्षासँगै नवजात शिशुको मृत्युदर घटाउने सरकारको लक्ष्य पनि सफल हुने छ ।
पातारासीका प्राथमिकता क्षेत्र भनेकै स्वास्थ्य, पर्यटन कृषि र जलविद्युत क्षेत्र रहेका छन,अध्यक्ष लछिमन बोहोराले भने, “जलविद्युतमा जिल्लाकै पहिलो स्थानमा छौँ ।
भौगोलिक विकटताले गर्दा स्वास्थ्यको सम्मान पहुँच थिएन । उनले भने ,गर्भवती महिलाका पीडा बुझ्दै अन्य नागरिकका पिर मर्का मनन गर्दै ल्याब सेवा र बर्थिङसेन्ट एकैसाथ सञ्चालनमा ल्याएका छौं ।”पूर्वाधार, जनशक्ति तथा उपकरण सहितको ल्याब सेवा र बर्थिङ सेवा सञ्चालनमा आएकोले अब पातारासिका नागरिकलाई उपचारको लागी सदरमुकाम जानु पर्ने अवस्थाको अत्य भएको अध्यक्ष बोहोराको बताए ।
पालिका भरिका करिब ३४ सय घरधुरीलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पुराउने गरी काम भइरहेको पातारासी गाउँपालिकाका स्वास्थ्य संयोजक रतन बुढ्थापाको दाबी छ । उनका अनुसार पटमारा स्वास्थ्य चौकीबाट ६ र ७ नम्बर वडाका सबै नागरिकले सेवा लिने छन् ।वर्थिङसेन्टर सञ्चालन हुँदा घरमै सुत्केरी गराउने, अस्पताल नजाने, आमा तथा बच्चालाई जोखिम हुनेलगायतका सबै समस्या अन्त्य हुने विश्वास गरिएको छ ।अहिले सम्म पातारासी गाउँपालिकाका छुमचौर, डिल्लीचौर र पटमारा गरी तीन वटा स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टर सञ्चालन भएका छन् ।







