जुम्लाको हाँडसिजामा १५ शैयाको अस्पताल बन्दै
दिलमाया शाही
जुम्लाको हाँडसिंजामा १५ शैयाको अस्पताल निर्माण हुने भएको छ । कनकासुन्दरी गाउँपालिका५वडामा अस्पताल निर्माण गर्नका शिलान्यास गरीएको हो । कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष नरविर रावतल भने नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेटमा कर्णाली प्रदेशका ४१ स्थानीय तहमा ४२ वटा ५, १० र १५ शैयाका अस्पताल निर्माण कार्यसँगै हाँडसिंजामा पनि १५ शैयाको अस्पताल निर्माण गर्नका लागी शिलान्यास गरिएको छ ।
उनले भने ,अस्पताल निर्माण गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट १८ करोड ५० लाख रुपियाँ विनियोजन भएको छ ।जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल भएपनि यहाँ सहशुल्क सहित नागरिक उपचार गर्ने गरेका छन् ।
जुम्लामा स्थानीय बासीले निःशुल्क उपचार गर्न पाउने सरकारी अस्पताल छैन । सरकारी अस्पताल बनाउनका लागी २२ जना स्थानीय बासी ३ हजार ५ सय वर्गमिटर जग्गा निशुल्क उपलव्ध गराएका छन् । निशुल्क जग्गा उपलव्ध गराउने स्थानीय नागरिकलाई गाउँपालिकाले कदरपत्र दिएर सम्मान गरेको छ ।नागरिकले निशुल्क उपचार गर्न पाउने जुम्लाकै ठुलो १५ शैयाको सरकारी अस्पताल कनकासुन्दरी गाउँपालिकाको हाँडसिजामा बन्ने भएको गाउँपालिका अध्यक्ष नरविर रावतले बताए । उनले भने अस्पताल निर्माण भएर सञ्चालनमा आएपछि नागरिकले निशुल्क उपचार गर्न पाउने छन् ।
यस्तै यसअघि तिला गाउँपालिका–३ कुडारीमा १० शैयाको अस्पताल बनाउनका लागि शिलान्यास भईसकेकोे छ । कनकासुन्दरी गाउँपालिकाको हाँडसिंजा स्वास्थ्य चौकीमा ल्याव सञ्चालन गरिएको छ ।
यहाँका दुर्गम ठाउँमा स्वास्थ्य परीक्षण ल्याव सञ्चालन नहुदा दुईदिन पैदल यात्रा गरी सदरमुकाम खलंगास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा आएर परीक्षण गर्नुपर्ने बाध्यता थियो । जुम्लाका ग्रामीण भेगका स्वास्थ्य चौकीका ल्याव सञ्चालनमा आएपछि दिसा, पिसाव, खकार लगायत अन्य परीक्षण गर्न सहज भएको इन्चार्ज विरेन्द्र प्रसाद उपाध्यायले बताए ।उनले भने ,नागरिक विरामी हुदा स्थानीय स्तरमै ल्याव परीक्षण गरी आवश्यकता अनुसार औषधि उपचार गर्न सकिने अवस्था भएको छ ।
जुम्लाको कनकासुन्दरी गाउँपालिकाको हाँडसिजामा कोभिड अस्थायी अस्पताल संचालनमा ल्याएको छ । बुधबार औपचारिक रूपमा उद्घाटन गर्दै कनकासुन्दरी गाउँपालिकाले ५ शैयाको भिन्नै कोभिड अस्थायी अस्पताल संचालनमा ल्याएको हो ।
कोरोना संक्रमणका बिरामीको पालिकामै प्राथमिक उपचारका लागि कोभिड अस्पताल संचालनमा ल्याइएको गाउँपालिकाका स्वास्थ्य संयोजक दामोदर आचार्यले बताए ।कोरोना भाइरसका बिरामी भइहालेमा भिन्नै उपचार गर्ने उद्देश्यका साथ अस्पताल सुरु गरिएको हो । कोरोनाबाट जोगाउन आर्थिक, भौतिक सहयोगमा कुनै कुरामा कमी नगर्ने कनकासुन्दरी गाउँपालिकाले प्रतिबद्धता जनाएको छ ।
कोभिड अस्पताल व्यवस्थापनका लागि संघीय सरकारले १० लाख रुपैयाँ सहयोग गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नैनसिंह बुढाले भने, ‘कोभिड अस्पतालमा एक जना मेडिकल अफिसर, २ जना स्टाफ नर्स र कार्यालय सहयोगीको दरबन्दी छ । तर, अहिलेसम्म मेडिकल अफिसरको दरखास्त परेको छैन । अरू स्टाफ भर्ना गरी काम सुचारु गरिएको छ ।’प्रशासनको तथ्यांकअनुसार जुम्लामा ११ हजार ६३९ जनालाई कोरोना परीक्षण गरिएकामा ४६३ जना संक्रमित भएका छन् । तीमध्ये ४५१ जना निको भएर घर फर्किएका छन् भने १२ जना अझै सक्रिय संक्रमित छन् ।







