योगको महत्व र सान्दर्भिकताका बिषयमा जुम्लामा प्रशिक्षण

जुम्ला ः जिल्ला प्रशासन कार्यालय जुम्लाको अगुवाइमा आयुर्वेद शाखाका डा. प्रतिमा शर्मा र टिपियो नेपाल जुम्लाका नन्दराज आर्चायाले योग र ध्यानको महत्वको बिषयमा प्रशिक्षण गराएका छ । पछिल्लो समयमा डाक्टर शर्माले योगको थप महत्व र सान्दर्भिकता बढेको बताईन । उनले कोरोनाभाइरस कोभिड–१९ को प्रकोपबारे प्रामाणिक खोज र औषधिका अभावमा वर्तमानमा विश्व प्रभावित भइरहेका बेलामा योग र ध्यानको सान्दर्भिकता बढेको बताएकी हुन । राष्ट्रिय योग दिवस, २०७७काअवसरमा शुभकामना सन्देश दिँदै प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले योग, ध्यान र आहार विहारलाई जीवन पद्धतिका रुपमा दैनिक आबश्यक रहेको बताए । उनले उनले भने योग हाम्रो जिवन संग जोडीएको छ । उनले थपे ,सन्देशमा योगा अभ्यास र आयुर्वेद एक भरपर्दो र प्राचीन उपचार पद्धति भएकाले स्वस्थ्य रहनका लागि यसलाई नियमितअभ्यासमा लान आग्रह गरे ।राष्ट्रिय योग दिवसको अवसरमा जुम्लामा र्याली गरिएको थियो ।
त्यस्तै नागरिक समाजका अध्यक्ष राजबहादुर महतले भने ,स्वास्थ्य अवस्था बलियो बनाउन योग अभ्यास आबश्यक रहेको छ । उनले भने , मानिले गर्ने सबै क्रियाकलाप अरुका लागी सेवा भएपनि आफु स्वस्थ रहनका लागी योग अतिमहत्वपुण रहेको बताए । नेपालमा वि. सं. २०७२ माघ १ गतेदेखि राष्ट्रिय योग दिवस मनाइँदै आएको छ ।







