जुम्लाका आगलागी पिडितलाई राहत प्रदान

दिलमाया शाही
जुम्ला ः जिल्ला प्रशासन कार्यालयले आगलागी पिडितलाई राहत दिएको छ । जुम्लाको एक घरमा आगलागी भएको छ। चन्दननाथ नगरपालिका – ३ सिम्खाडा गाउँका देविचन्द्र उपाध्यायको घरमा आगलागी हुदाँ ५० लाख भन्दा बढी क्षति भएको छ । सोलारको व्याट्रीबाट आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।आगलागी हुदा घरभित्र लत्ता कपडा, अन्नपात सवै जलर नष्ट भएको आगलागी पीडित देवि चन्द्र उपाध्यायले बताए । उनले भने घर आगलागी पछि विचल्लीमा परेका छौँ । पाँच जनाको घर परिवार अहिले छिमेकीको घरमा श्रहण लिएर बसेका छौँ ।पुस माघको कठ्याङरिदो जाडोमा लत्ता कपडा जलेर नष्ट भएपछि अहिले ज्यान जोगाउन कठिन भएको उनले गुनासो गरे ।यस्तो संकटपूर्ण अवस्थामा सहयोगी मनहरुलाई सहयोग गरी घाउमा मलम लगाईदिन उनले अनुरोध गरेका छन ।
प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापासहित सुरक्षा निकायका प्रमुखहरुको टोलीले घटना स्थलमै पुगेर अध्ययन अनुगमन गरी आगलागी पीडितलाई राहत स्वरुप १५ हजार रुपियाँ प्रदान गरेको छ । प्रजिअ थापाले भने हामीले जिल्ला विपद् व्यवस्थापन समिति मार्फत राहत प्रदान गरिएका हौ। पाँच जना घरपरिवार भएकालाई १५ हजार रुपियाँ राहत स्वरुप उपलव्ध गराउने व्यवस्था रहेको छ ।यस्तै उद्योग बाणिज्य संघ जुम्लाका अध्यक्ष रजबअलि मनियारले व्यक्तिगत रुपमा एक कट्टा चामल र दुई प्याकेट तेल सहयोग गरेका छन् ।
स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र चन्दननाथ नगरपालिकाको दमकलको प्रयासमा डेढ घण्टामा आगो नियन्त्रण लिन सकिएको प्रहरी नायव उपरीक्षक माधब प्रसाद काफ्लेले बताए ।उनले जुम्लामा सबै भन्दा बढी आग्लागीका घटना हुने गेरेका छन । उनले भने आगलागी न्युनिकरण गर्नका लागी नागरिकलाई सचेतना मुलक शन्देश दिन जरुरी रहेको छ । आगलागीबाट एक घर पुण रुपमा क्षेती भएपनि ठुलो मानविय क्षेती हुन बाट जोगाईएको छ । आगो निभाउन,समयमै सुरक्षा निकायको टोली युगे पछि ठूलो क्षति हुनबाट जोगिएको त्यहाका स्थानियले बताएका छन।







