प्रतिनिधिसभा विघटनबारे महान्यायाधिवक्ताको कार्यालय द्धारा सर्वोच्चलाई जवाफ

महान्यायाधिवक्ताको कार्यालयले प्रतिनिधिसभा विघटनबारे सरकारको लिखितजवाफ सर्वोच्चअदालतमा पेस गरेको छ । सर्वोच्चका सूचनाअधिकारी देवेन्द्र ढकालले सरकारको लिखितजवाफमहान्यायाधिवक्ताको कार्यालयबाट आएपछि दर्ता भइसकेको बताउनुभयो । प्रधानमन्त्री, प्रधानमन्त्रीतथामन्त्रिपरिषद् कार्यालय, राष्ट्रपतिको कार्यालय र विघटित प्रतिनिधिसभाका सभामुखबाट लिखितजवाफदिएका छन् ।

राष्ट्रपति र प्रधानमन्त्रीकार्यालयले संसद विघटन संवैधानिकभएको जवाफदिएका छन् भने सभामुखअग्नि सापकोटाले संसद विघटन उचितनभएको लिखितजवाफदिनुभएको छ । लिखितजवाफ आएपछि अबपर्सीदेखि मुद्दामाथि निरन्तर सुनुवाईहुनेछ । गतपुस १० गते प्रधानन्यायधिश सहितको संवैधानिकइजलासले प्रतिनिधिसभा विघटन गर्नुको आधार र कानुनीऔचित्य पुष्टि गर्नेवारे लिखितजवाफमहान्यायाधिवक्ताको कार्यालय मार्फत पेस गर्न आदेश जारी गरेको थियो ।