राष्ट्रिय सभाको अधिवेशन आजदेखि सुरु हुँदै


राष्ट्रिय सभाको अधिवेशन आजदेखि सुरु हुँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह ४ बजेका लागिअधिवेशन आह्वान गर्नुभएको छ । हिजो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आजको राष्ट्रिय सभाको अधिवेशनको कार्यसूची तय गरेको थियो।राष्ट्रिय सभा बैठकमा थारु आयोग, मधेशी आयोग, राष्ट्रिय सुरक्षा परिषद्, राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वसम्बन्धी संवैधानिक आयोगका प्रतिवेदनहरु पेश हुने भएको छ। राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको प्रतिवेदन पनि पेश हुने कार्यसूची तय भएको छ।अधिवेशनको पहिलो बैठक भएकाले राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुले उद्दघाटन मन्तव्य व्यक्त गर्ने कार्यसूची रहेको ।