वेवारिसे ब्यक्तिको दिर्घकालिन ब्यवस्थापन गर्ने ःजुम्ला प्रशासनको निणर्य

जुम्ला ः जिल्ला प्रशासन कार्यालय जुम्लाले सडकमा घुमफिर तथा , वेवारिसे जिवन बिताउदै आएकालाई तत्काल ब्यवस्था गर्ने निणर्य गरेको छ । प्रशासनले यस अघि जुम्लामा बढ्दै गएको चिसो समयलाई मध्य नजर गरी सडक मानवको अवस्था अबलोकन, गरेको थियो । अबलोकन, गर्ने क्रममा एक वेवारिसे महिला ओढारमा बसेकी भेटिएकी थिइन । प्रजिअ भेपेन्द्र थापाले पछिल्लो समयमा आफ्नो प्रशासनिक कार्यलाई मात्र नभइ सामाजिक सेवाका क्रिर्याकलाप लाई पनि महत्वका साथ अगाडी बढाउदै गएका छन । उनले वर्षौ देखी सडकमा वेवारिसे जिवन बितित्त गर्दै आएका व्यक्तिहरुको अभिभावकको भुमिका निर्बाह गर्न खोजेका हुन । स्थानीय प्रशासनले सडकमा रहेका वेवारिसे ब्यक्तिलाई न्यानो कपडा वितरण समेत गरेको थियो । त्यस्तै जुम्लामा वेवारिसे जिवन बिताउदै आएका ब्यक्तिको तत्काल तथ्याङक संकलन गरिने निणर्य भएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । उनले भने तथ्याङक संकलन गर्नका लागी सामाजिक बिकास कार्यालय जुम्लालाई जिम्म दिने निर्णय गरिएको छ ।
यसका लागी जिल्ला समन्वय समितिले समेत समन्वयको भुमिका निर्बाहा गर्ने भएको छ । प्रजिअ थापाले भने जुम्लामा अत्याधिक चिसोको समय भएकाले वेवारिसे ब्यक्तिलाई थप जोखीम भएको छ । प्रशासनले सात दिन भित्र तथ्याङक संकलन गरी नगरपालिका क्षेत्रका वेवारिसे ब्यक्तिलाई तत्काल उद्धार गरी पुर्नस्थापना गर्नका लागी यस्तो निणर्य गरेकोे हो । प्रअिज थापाले भने, उनिहरुको ब्यवस्थापनको लागी कर्णाली प्रदेश सरकार सामाजि बिकास मन्त्रालयलाई समेत अनुरोध गर्ने निणर्य भएको छ ।वेवारिसे ब्यक्तिलाई मानव सेवा आश्रम सम्म पर्यानका लागी चन्दननाथ नगरपालिकालाई सहयोगको लागी अनुरोध गरिने छ ।
प्रशासनले सडक मानवलाई दिर्घकालिन ब्यवस्थापनको लागी पहल गर्ने निणर्य गरेको छ । यसका लागी अपाँगपुर्नर स्थापना बिकास केन्द्रको निमार्णधिन भवनलाई मानव सेवा आश्रमका लागी प्रयोग गरिने भएको छ । उक्त भवनसंञ्चालनमा ल्याउनका लागी आबश्यक बजेटको ब्वस्थापन गरिदिनका लागी प्रदेश सरकार, स्थानियसरकार , र समाजिक बिकास मन्त्रालयलाई अनुरोध गरिने भएको छ । वेवारिसे ब्यक्तिको अवस्था हेर्दा तत्कालै पुनस्र्थापन गर्नुपर्ने देखीन्छ । जिल्ला विपत व्यवस्थापन समितिले जुम्लाको माईनस डिग्रिको चिसोमा सडकमा, घरवाहिर मानिसलाई बाच्न कठिन हुने भन्दै न्यानो कपडा र राहात शुरु गरेको छ ।
प्रमुख जिल्ला अधिकारी थापा सहित नन्दनबक्सका गणपति दिवाकर रायमाझी, प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्ले, शशस्त्र प्रहरी नायव उपरीक्षक गगन श्रेष्ठ, चन्दननाथ नगरपालिकाका प्रमुख तथा प्रतिनिधिको लगायतका सरोकारवाला निकायहरु दुई दिन देखी सदरमुकाम क्षेत्रमा वेवारिसे व्यक्तिहरुको खोजी गर्दै, न्यानो कपडा लगाउने अभियान थालेका थिए । प्रमुख जिल्ला अधिकारी थापाले भने जुम्लामा कति जना सडकमा वाध्यात्मक हिसावले वस्ने नागरिक छन् । उनिहरुको तथ्यांक संकलन गर्न आवश्यक रहेको छ ।







