९४ घण्टा लोडसेडिङको मारमा , जुम्ला बजार

जुलाको चन्दननाथ नगरपालिकामा भित्ररहेको खलङ्गा बजार ९४ घण्टा लोडसेडिङ हुने गरेको छ । बत्ती बाल्नका लागी नभइ ९४ घण्टा पछि देखाउका लागी दिइने गरेको जुम्ला बासीको गुनासो छ । यहाँका नागरिकले चर्काे लोडसेडिङ मार खेप्ने गरे पछि कुनै निकायको ध्यान पुगेको छैन ।घुघुत्ती साना जलविद्युत आयोजनाको दुबै मेसिनमा विग्रेपछि जुम्ली नागरिकले चर्काे लोडसिडङ मार खप्नु परेको हो ।सिंजा गाउँपालिका – ६ जोडु गाउँकी शान्ता बुढा छोराको े पठाईलेखाई गर्नका लागि सदरमुकाम खलंगामा आएको बताइन । उनले गाउँमा विजुली नहुदा बालबच्चा पठनपाठन गर्न सहज होस भनेर जुम्ला सदरमुकाम खलंगा आएको बताएकी छन । तर लामो समयदेखि विजुलीको चर्का लोडसेडिङ मार खेप्नु परेको गुनासो गरेकी छन । अहिले यहाँ चार दिनमा एक दिन दुई घण्टा मात्रै विजुली आउन्छ उनले भनिन् सहजताका लागि गाउँबाट शहर आएकी हु । उनले भनिन शहरमै दियालोको भरमा रात काट्नु परेको छ ।
जुम्लाको खलंगामा बस्ने बासीन्दा तिन सातादेखि अध्याँरोमा छन् । जुम्लाका नागरिक अध्यारोमा बस्न थालेको अहिले मात्रै होइन । हप्ता, महिना हुदै वर्षदिनसम्म पनि अध्यारो खेपिरहेका हुन । नागरिकलाई अहिलेको अध्यारो नौलो लाग्न छाडिसक्यो । दियालोको भरमा रात काट्ेबानी परीसकेका छन् ।
घुघुती बिद्युत गृहमा मेसिन बिग्रिएपछि सदरमुकाम खलंगा बजारसहित सिंगो चन्दननाथ नगरपालिका अन्धकार छ । वैकल्पिक व्यवस्थाका ल्याइएका डिजेल प्लान्ट पनि इन्धन अभावले एक दिनमा ६ घण्टा मात्रै चलाउने गरिएको पाइएको छ ।
एक वर्षअघि सांसद गजेन्द्रबहादुर महतको पहलमा विद्युत् प्राधिकरणले एक करोड रुपैयाँको लगानीमा ३ सय केभीको डिजेल प्लान्ट जुम्ला पठाएको थियो । विद्युतगृहका उपकरण विग्रिएपछि र इन्धन अभावमा प्लान्ट सञ्चालन हुन सकेन । त्यस यता खलंगा अन्धकार छ ।
भारतीय दूतावासले ल्याएको मेसिन वर्ष नपुग्दै बिग्रियो
२०४० सालमा घुघुतीमा उत्पादित विद्युतगृहको मेसिन जीर्ण भएपछि ४ वर्षअघि तत्कालीन जिल्ला विकास समितिले भारतीय दूतावासको २ करोड ६३ लाख ७७ हजार र थप तत्कालिन जिविस थप रकम गरी तीन करोड नौ लाख रुपैयाँ बजेटबाट नयाँ मेसिन जडान भएको थियो । तर त्यो मेसिन डुव्लिकेट (नक्कली) नयाँ मेसिन जडान गरेको एक वर्ष नपुग्दै पटक पटक बिग्रिने गरेपछि जुम्लाका नागरिकले अँध्यारो खेप्नु परेको हो ।
दुईवटै टर्बाइन मेसिन बिग्रिएपछि विद्युत् आपूर्ति ठप्प भएको वितरण केन्द्रका निमित्त प्रमुख हेमन्त साहुले बताए । उनले भने ‘एउटा मेसिनमा क्वाइल जलेर समस्या आएको छ,, ।‘अर्को मेसिनको बेरिङ भाँचिएको छ ।’ मेसिन मर्मतका लागि कार्य थालनी गरिएको छ ।
डिजेल प्लान्ट सञ्चालनका लागि तेलको व्यवस्था नभएकोले प्राधिकरणसँग अनुरोध गरिएको निमित्त प्रमुख साहुले बताए । ‘मेसिन मर्मत हुन धेरै समय लाग्ने भएकाले तत्कालका लागि डिजल प्लान्ट सञ्चालन गर्न माग गरेका छौं,’ उनले भने, ‘तर अहिले दैनिक ६ घण्टा मात्रै डिजेल प्लान्ट सञ्चालनमा छ ।’
नागरिक समाजमा अगुवा राजबहादुर महतका अनुसार ‘भारतीय कम्पनीले गुणस्तरहीन र नक्कली मेसिन जडान गरेपछि जुम्ली नागरिकले दुख पाएको बताए । उनले भने, ‘एक त लोडसेडिङको चर्को मार छ, त्यसमा पनि महिनौं अँध्यारोमा बस्नुपर्ने बाध्यता छ,’। उनका अनुसार नयाँ मेसिन जडान भएपछि प्रत्येक महिना बिग्रिरहेको छ ।
बिधुत आर्पुति गर्न माग गर्दै सर्वदलिय, सर्वपक्षीय बैठक
बधिुत आपुर्तिका लागी बुधबार जिल्लामा बैठक बसेको छ । सर्वदलिय, सर्वपक्षीय बैठकले अबरुद्ध विजुली आपूर्ति गर्नका लागि दैनिक ६ घण्टाबाट १२ घण्टा डिजेल प्लान्ट सञ्चालन गर्न विद्युत प्राधिकरण जुम्लासँग पहल गर्ने निर्णय समेत गरेको छ । त्यसैगरी जुम्ला ल्याउन थालिएको ३३ केभीलाइन छिटोछरिता पु¥याउन ध्यानाकर्षण गराउने निर्णय भएको जिल्ला समन्य समिति जुम्लाका उपप्रमुख कार्मा बुढाले बताए ।जवानदीबाट पाँच किलोवाट विजुली उत्पादनका लागि सम्भाव्यता अध्ययन भैसकेको र आर्थिक बर्ष ०७२÷०७३ मा सरकारको नीति तथा कार्यक्रममा परेको हो । तर सरकारले कार्यन्वयन नगरेपछि सर्बाेच्च अदालतमा रिट परेको पूर्व सांसद ललितजंग शाहीले बताए । उनले भने रिट परेपछि सर्बाेच्च अदालत तत्कालिन पाँच मेगावाट विजुली उत्पादनको काम गर्नु गराउनु भनि परमादेशसहितको आदेश गर्दा पनि सरकारले कार्यन्वयन गरेन । यस विषयमा पनि उर्जा मन्त्रालय, विद्युत विकास विभागको गम्भिर ध्यानाकर्षण गराउने बैठकमा निर्णय भएको छ ।
कनकासुन्दरी गाउँपालिकाको मालिकाबोटाबाट गाउँपालिकाको मुकाम गोठीज्यूला विजुली ल्याउनेका लागि टेण्डर भएको लामो समयसम्म पनि काम थालनी नभएकोले तत्काल कार्यसञ्चालन गर्न विद्युत प्राधिकरण जुम्लालाई ध्यानाकर्षण गर्ने निर्णय भएको छ । त्यस्तै विद्युत तथा सञ्चार सेवा आपूर्ति संघर्ष समितिले नियमित २४ घण्टा विजुली आपूर्ति गर्न माग गरेको छ । जुम्लाका लागि ११ केभी र ३३ केभी राष्ट्रिय प्रसारण लाइन सम्झौता अवधिभित्रै काम सम्पन्न गर्न विद्युत प्राधिकरण जुम्लाको ध्यानार्षण गरिएको समितिका संयोजक राजबहादुर महतले बताए । नगरपालिका भित्र ४ हजार २ सय ७१ घरधुरी र २० हजार ८ सय ८४ जनसंख्या छ ।