प्रजिअको नाममा उजुरी भन्ने समाचार प्रति प्रशासानको ध्यानाकर्षण 

जुम्ला ः राष्ट्रिय मानव अधिकार आयोग जुम्लामा जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थपाविरुद्घ उजुरी भन्ने समाचार प्रतिप्रशासनको ध्यानाकर्षण भएको छ । जुम्लाको चन्दननाथ नगरपलिका वडा नम्बर ७ का नरेन्द्र महतले आयोगमा उजुरी दिईएको बुझीएको छ । २०७७र८र २८ गते दिन बबिना रोकाया हत्याको विषय लिएर गरिएको आन्दोलनमा संलग्न व्यक्तिहरुलाई प्रमुख जिल्ला अधिकारी ,नेपाल प्रहरीका प्रहरी नायब उपरिक्षक र सशस्त्र प्रहरीका प्रहरी नायब उपरिक्षकले उक्त भिडलाई शान्त रहन साथै जनस्वास्थ्य र सुरक्षाका मापदण्ड परिपालना आग्रह गरी प्रेस विज्ञप्ति बुझ्न जाँदा प्रशासनकार्यालय जुम्लामा ढुगा मुडा गरी कार्यालय तोडफोड भई ४ जना सुरक्षाकर्मी घाईते भएका थिए ।

ढुगा मुडा होहल्ला गरी कुरा सुन्ने वातावरण नभए पछि जिल्ला प्रशासन कार्यालय जुम्लाले उक्त आन्दोलनको मागको विषय प्रमुख जिल्ला अधिकारी कार्यक्षेत्र र क्षेत्राधिकार नभएको विषयलाई लिएर एक्कासी आक्रमण गरी तोडफोड गरेको विषयलाई लिएर ढुगां मुडातोडफोड गर्ने केही व्यक्ति लाई नियन्त्रणमा लिएको थियो । कोरोना संक्रमण जिल्लामा अत्याधिक फैलीरहेको सन्दर्भमा स्कूल विद्यार्थीहरुलाई स्कूल पोशाकमानै करीब ७० (८० किलोमिटर टाढावाट महिला बालबालिका तथा अन्य मानिसहरुलाई भेला जम्मा गरी हुलउज्जत गर्ने मनसाय राखी उक्त कार्यको नेतृत्व गर्ने राहदेव मा. वि. मोफ्ला प्रधानाध्यापक पृथ्वी रावतसमेत १० जना विरुद्ध सार्वजानिक शान्ति विरुद्धको कसुर मुद्धा दर्ता भई अनुसन्धान कार्य अगाडी बढिरहेको छ ।

जिल्ला प्रशासन कार्यालय जुम्ला माथि ढुंगा मुडा गरी हुलदंगा तोडफोडमा संलग्न ३ जना पक्राउ परी निज प्रधानाध्यापक पृथ्वी रावत समेत ७ जना फरार रहेका छन । उनिहरुलाई खोजी कार्य मुद्धाको अनुसन्धानको क्रममा प्रहरी परिचालित भएको थियो।खोजी कार्यको सिलसिलामा उक्त फरार सूची मध्येको पृथ्वी रावत चन्दननाथ नगरपालिका वडा नं ७ निवासी नरेन्द्र महतको घरमा वस्ने गरेको सूचना र निज नरेन्द्र महत प्रजिअले पत्ता लगाउन सक्दैन भन्ने सार्वजानिक अभिव्यक्ति पश्चात उनको अभिव्यक्ति र गोप्य सूचनाको आधारमा प्रहरीले मुलकी फौजदारी अपराध संहिता वमोजिम कानुनी प्रकिया अनुसार खानतलासी पूर्जी दिई खोज तलास गरेको प्रहरी नायव उपरिक्षक माधब प्रसाद काफ्ले मार्फत आफुले जानकरी गराइएको प्रजिअ थापाले जारी गरिएको प्रेसबिज्ञप्तीमा भनिएको छ । उक्त खान तलासी गरेको कानुन वमोजिम भएकोमा अनुसन्धान प्रक्रियाको विषय प्रमुख जिल्ला अधिकारी निर्देशन अनुसार भएको भन्ने आधार र कारण विहिन छ।

अनुसन्धानको क्रममा खान तलासी पूर्जी सम्वन्धित दिई खानतलासी गर्नु मुलकी अपराध कार्यविधि संहिता, २०७४ कानुनी व्यवस्था अन्तर्गत स्पष्ट भएको विषय हो भनेर बुझ्न र बुझाउन सम्वन्धित पक्ष जानकारी गराउछु प्रेसबिज्ञप्तीमा उल्लेद गरीएको छ । प्रजिअ थालेले भने नरेन्द्र महतले प्र जि अ को व्यक्तिगत रिसिबि विषयलाई लिएर खान तलासी गरेको भन्ने आरोप छ । म व्यक्तिगत रूपमा नरेन्द्र महतसँग चिनजान पनि नभएको कुनै किसिमको विवाद र कुनैपनि अड्डा अदालतमा मुद्या मामिला समेत नभएको यदि भएको भए पुष्टी गर्न समेत अवगत गराउन चाहन्छु । प्रमुख जिल्ला अधिकारीले व्यक्तिगत रिस साट्न स्थनीयको घर छापा मार्न लगाएको भन्दै उजुरी गर्ने प्रति जिल्ला प्रशासनले आपती प्रकट गरेको छ । यस सम्बन्धमा उजुरी महत परिवारले राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालय जुम्लामा १५ गते उजुरी दिएको बुझीएको छ । कपोकल्पित र आधार विहिन विषयलाई लिएर केही अनलाईन र फएमले सत्य तथ्य नबुझी समाचार प्रसारण गर्नुले जिल्ला प्रशासन कार्यालय जुम्लाको गम्भीर ध्यान आर्कषण भएको छ।,

प्रजिअ थापाले प्रेस बिज्ञप्तीमा भनेका छन । यस्ता अनर्गल प्रचार र भ्रामत्मक कुरा पछि नलाग्न साथै जिल्ला भित्र शान्ति सु(व्यवस्था अमन चयन कायम राख्ने विषयमा जिल्ला प्रशासन कार्यालय जुम्ला र स्वयम् प्रमुख जिल्ला अधिकारी प्रतिवद्ध रहेको कुरा आम संचार माध्यम,नागरिक समाज , पत्रकारजगत र सम्पूर्ण जिल्लाबासी महानुभावहरुमा प्रजिअ थापाले अनुरोध गरेका छन। यता डीएसपी माधवराज काफ्लेका अनुसार फरारको सूचीमा रहेका केही व्यक्तिहरु लुकेर बसेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको बताए ्।

उनले यो घटनामा कुनै स्वार्थ नजोडिएको बताएका छन । राष्ट्रिय मानव अधिकार आयोगले भने यसबारेमा अनुसन्धान भइरहेकोले बताएको छ। जिल्ला प्रशासनले निकालेको प्रेस बिज्ञप्तीमा भनिएको छ ,समवन्धित पक्षलाई हेक्का होस प्रमुख जिल्ला अधिकारी भन्ने संस्था हो व्यक्ति होईन ,,आधार र तथ्यहिन विषयलाई लिएर व्यक्तिकरण गरी विवादित वनाउने खेल अराजक र असहिष्णु शैलीको पराकाष्ठा मात्र हो।

कानुनी प्रकिया अनुसार अधिकार प्राप्त निकायलाई सहयोग पुर्याउन नागरिक कर्तव्य हो ।सहयोग पुर्याउनको सट्टा उल्टै मानवअधिकार हनन् भयो भन्नु, असान्दर्भिक हो ।उनले भने , कानुनी ब्यवस्था अनुसार अनुसन्धान अधिकृत कर्तव्य पालनाको सिलसिलामन गरिएको विषयलाई अतिरञ्जना वनाई मानव अधिकार आयोगमा उजुरी गर्नु उल्टै व्यक्ति रिसिबि साट्न कसैले प्रयोग गरी परिचालित भई हुदै नभएको विषयलाई लिएर उजुरी वनाई मानवअधिकार आयोगलाई प्रयोग गर्न खोजेको प्रष्ट देखिन्छ ।

यता चन्दननाथ नगरपलिका वडा नम्बर ७ का नरेन्द्र महतले प्रमुख जिल्ला अधिकारीले व्यक्तिगत रिस साट्न स्थनीयको घर छापा मार्न लगाएको प्रेसबिज्ञप्तीमार्फत आरोप लागाएका छन । प्रहरीले चन्दननाथ नगरपालिका(७, माथि महतगाउँ जुम्ला निवासी नरेन्द्र महत र नन्दालक्ष्मी महतको घरमा यहि १३ गते राति एक्कासी प्रमुख जिल्ला अधिकारी थापाको निर्देशनमा प्रहरीले छापा मारेको भन्ने महत परिवारको आरोप छ ।