अपाङ्गता भएका नागरिकलाई आत्मसम्मानपूर्वक बाँच्न पाउने अधिकार कार्यान्वयन हुन्छ : उपमेयर न्यौपाने
चन्दननाथ नगरपालिकाका उपमेयर अप्सरा देबी न्यौपानेले नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चितको ब्यवस्था राज्यले गरेको बताइन । उनले ‘अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४’ निर्माण भएको तथा नेपाल सरकारले यसको कार्यान्वयनका लागि‘अपाङ्गता भएको व्यक्तिको अधिकारसम्बन्धी नियमावली, २०७७’ समेत जारी गरिसकेको भन्दै कानूनी प्रावधानको प्रभावकारी कार्यान्वयन गर्दै शिक्षा, स्वास्थ्य र रोजगारीको अवसरबाट वञ्चित र अपाङ्गता भएका व्यक्तिको पहिचान गरी सबै सुविधा र अवसरमा समान पहुँच स्थापित गरिनुपर्नेमा जोड दिएकी छन ।
अपाङ्गता भएका व्यक्तिहरूको २९औँ अन्तरराष्ट्रिय दिवसको अवसरमा बोल्दै क्षमता र आवश्यकता अनुसारका रोजगारमूलक एवम् सीपमूलक तालीम प्रदान गरी आत्मनिर्भर बनाउने तर्फ नगरपालिका लाग्ने बताइन । उनले भनिन ,अपाङ्गता भएका व्यक्तिको दैनिक जीवन सहज तुल्याउन र सार्वजनिक सेवामा सहज पहुँच स्थापित गर्न अपाङ्गमैत्री भौतिक संरचना निर्माण गर्नु पर्छ । चन्दननाथ नगरपालिकाले १२ जना अपाङ्गता भएका व्यक्तिलाइ कम्बल र हलिक्स दिइएको छ । त्यस्तै अपाङ्ग तथा पुर्नस्थापना बिकास केन्द्रले जुम्लाले पनी तिन जनालाइ सहयोग गरेको छ । अपाङ्गता भएका व्यक्तिको अधिकार प्रवद्र्धन तथा समावेशीकरण र सशक्तीकरणका लागि सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ लाई अपाङ्गता भएका व्यक्तिहरूको अन्तरराष्ट्रिय दिवसका रूपमा विश्वभर मनाउने गरिएको पाइन्छ ।
अपाङ्ग पुर्नस्थापन तथा बिकास केन्द्र जुम्लाका अध्यक्ष नन्द राज धितालले अपाङ्गता भएका व्यक्तिकालागी रोजागारको ब्यवस्था गर्नु पर्नेउमा जोड दिएका छन । उनले भने सरकारले अपाङ्गता भएका व्यक्तिको रोजगारीमा ५ प्रतिशतको आरक्षण व्यवस्थालाई घटाएर ३ प्रतिशतमा झार्न खोजिएकोमा अपाङ्गता भएका व्यक्ति हामी दुखीत भएका छौ । निजामती ऐनमा अपाङ्गता आरक्षण व्यवस्था २ प्रतिशत कटौती भएपछि खिन्न लागेको छ । निजामती सेवालाई समावेशी बनाउन निजामती सेवा ऐन २०४९ लाइ २०६४ सालमा संसोधन गर्दै निजामती सेवाको पदपूर्तिमा आरक्षणको व्यवस्था गरिएको थियो । तर फेरि यो व्यवस्थालाई संशोधन गरेर आरक्षण व्यवस्था ३ प्रतिशतमा झार्न थालिएपछि निजामति सेवामा रहेकाहरुले पनि असन्तुष्टि जनाएका थिए ।
अपाङ्गता भएका ब्यक्तिका पीडा अभिावक नै बुझ्दैनन :
जुम्लाको गुठौचौर गाउपालिका ६का बिष्णुमाया बुढा र निर्मला बुढा एकै आमा बाबुका सन्तान हुन उनिहरु पुर्णरुपमा अपाङ्गता छन । उमेरले २२ र २० वर्षका उनिहरुलाइ चन्दननाथ नगरपालिका ३का सम्झना शाहीले ब्यक्तिीगत्त रुपमा पालन पोषण गर्दै आएको आठ वर्ष भयो । बिष्णुमाया बुढा र निर्मला बुढा जन्मजातै अपाङ्गता भएका ब्यक्तिी हुन । उनीहरुको आमाको मृत्यु भएपछि बाबुले अर्कौ श्रीमती ल्याएर घर जाम गरेर बसे , उनीहरु पुर्ण अपाङ्गता भएका कारणले गर्दा आफै उठ्न सक्ने अवस्था छैन । दिशा पिसाव समेत गर्न सक्ने अवस्था छैन । उनका बाबुले घरभन्दा बाहिर त्रिपाल टाँसेर राखी दिए । आपप्नै जन्म दिने बाबुले घर बाहिर त्रिपालको बास बनाइ दिए पछि ,सबै ठाउ त्यो बिषयले चर्चापायो ,। अहिले चन्दननाथ नगरपालिका ३की सम्झना शाही रोगजागरीको सशःशिलामा टाढा जानु पर्ने हुदमा उनिहरुको पालन पोषण कस्ले गर्ने भन्ने चिन्ताको बिषय भनेको छ ।सम्झना शाही भन्छिन मेरो घरमा म बाहेक अरु मान्छे छैनन , उनिहरुको स्यारसुसारको लागी अर्को कुनै उपाय छैन ।कोभिड–१९ पछिको उत्कृष्ट पुनरागमनको सुनिश्चितता ःअपाङ्गता भएका व्यक्तिको पहुँच र दिगो विकासका लागिहामी सबैको प्रतिबद्धता’ भन्ने नाराका साथ २९ औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस जुम्लामा पनी मनाइएको छ ।








