आधारभूत तहका बालकालिकाको सिकाई बृद्धि गर्न ,कथा लेखन तथा शैक्षिक सामाग्री निर्माण तालिम

जुम्ला ः जुम्लाका आधारभूत तहका बालकालिकाको सिकाई बृद्धि गन ,कथा लेखन तथा शैक्षिक सामाग्री निर्माण तालिम दिएको छ ।बाल कथा लेखन तथा शैक्षिक सामाग्री निर्माण सम्बन्धी चार दिने तालिम जुम्लामा दिन शूरु भएको हो । किर्डाक नेपाल र वल्र्डभिजनको सहकार्यमा कथा लेखन र शैक्षिक सामाग्री निर्माण सम्बन्धी तालिम दइएको हो ।आधारभूत तहका बालकालिकाको सिकाई बृद्धि, छापामय कक्षा कोठा निर्माण गर्ने र शिक्षकको क्षामता अभिबृद्धि गर्ने उदेश्यका साथ तालिमको आयोजना गरिएको किर्डाकका परियोजना संयोजक दिपराज रावतले बताए । उनले भने जिल्लाका १५ विद्यालयका शिक्षकहरुका लागि १२ दिन सम्म तीन चरणमा तालिम संचालन हुने छ ।जसमा पहिलो चरणमा मंसिर १५ गतेदेखि १८ गते सम्म संचालित तालिममा पातारासी,तातोपानी र तिला गाउँपालिकाकाका गरी १८ जना शिक्षक सहभागी भएको फिल्ड अधिकृत गङ्गा महतले बताईन् । उनले भनिन १८ गते पश्चात २५ गते सम्म दुईचरणमा माथि उल्लेखित स्थानीयतहकै १५ विद्यालयका शिक्षकलाई तालिम दिईने छ । तीन चरणमा १२ दिन सम्म संचालन हुने तालिममको प्रशिक्षण गर्नका लाग ियशु श्रेष्ठ जूम्ला पुगेका छन् । तालिम दिने शिलसिलामा देश विदेश पुगेका प्रशिक्षक श्रेष्ठले जुम्लाका दुर्गम विद्यालयका शिक्षकहरुलाई थोरै तर नतिजामुखी छलफलमा जोड दिएका छन् ।